केयू उपकुलपति बने लेखक थापा

नेपालनाम्चा सम्वाददाता / धुलिखेल

काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति केपी ओलीले थापालाई उपकुलपति नियुक्त गरेका हुन् ।

उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सन् २००४ मा मेकानिकल इन्जिनियरिङ विषयमा विधावारिधि गरेका हुन् । थापा मेकानिकल इन्जिनियरिङ विभागका प्रोफेसर हुन् । लेक्चररबाट अध्यापन सुरु गरेका थापाले असिस्टेन्ट प्रोफेसर र असोसिएट प्रोफेसर हुँदै प्राज्ञिक क्षेत्रमा लामो यात्रा तय गरेका छन् । उनले केयूमा विभागीय प्रमुख, डिन, रजिस्ट्रार र कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा रहेर प्रशासनिक योगदानसमेत दिँदै आएका थिए ।

नर्वेली प्राध्यापक इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखिएको थापाको पुस्तक ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ केही समयअघि बजारमा आएको थियो । पुस्तकमा नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएका छन् । अंग्रेजी भाषााको पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको प्रारम्भदेखिको चर्चा र विश्लेषण समेटिएको छ ।

यसअघि थापाले ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तकका लेखेका थिए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button