आकाश पनि कति कालो, न चन्द्रमा छ न त तारा !

नराम्रो सपना

स्मारिका पाण्डे

अन्धकार छाएको त्यो रातमा
सुनसान जङ्गलमा डुल्दै थियौं हामी
डुल्दाडुल्दै सबै जना हराउँदै गए
म एक्लै मात्र भएँ त्यहाँ बाकी
जता हेरे पनि कालो अंध्यारो मात्र देखेँ
को सँग थिए म ? कहाँ हराए तिनी ?

कस्तो भ्रममा परे म कोसँग रमाएँ तिनैलाई नचिनी
आकाश पनि कति कालो न चन्द्रमा छ न त तारा
सुनसान कालो अन्धकार रातमा कोही थिएन मेरो सहारा
अलि अलि हिम्मत गरी पाइला अगाडि सार्दै गएँ
जति पाइला चले, त्यति म डराएँ
पछाडिबाट कसैले आक्रमण गर्ने हो कि
सर्पले खुट्टा बेर्ने पो हो कि
यस्ता विचारहरुले मलाई अत्याउँदै गयो
अचानक मेरो सामना रातो आँखा भएको एउटा जीवसँग भयो
डरले म काम्न थालेँ र आत्निदै कराएँ
के भयो नानी भन्दै आमाले बिउँझाउँदा पो
नराम्रो सपना रहेछ भन्ने थाहा पाएँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button