सरस्वती तिमी हाम्रो प्रगतिकी दूत हो

कोपिला डाली

पवनकुमार बुढाथोकी


सरस्वती हाम्रो प्रगतिकी दूत नै हो तिमी
तिमीलाई लाख लाख बन्दना छ, सबैलाई बाटो देखाऊ
हाम्रो अन्धकार हटाएर उज्यालो छाऊ तिमी ।


मानव सबैको साहारा तिमी नै हौ
ज्ञान, वुद्धि, विवेकको श्रोत हाम्रो कोटी नमन
सबैलाई नै दिने आहारा तिमी नै हौ ।


सबैलाई सुमार्गमा मात्र तिमीले हिँडाई देऊ
भेदभाव, विभेद र अन्यायका भाव कसैमा नपलाओस्
अवसर सबैलाई बराबर भिडाई देऊ ।


सबैले खोजेको ज्ञान, सीप र राम्रो ब्यवहार हो
ज्ञानी, अनुशासित, र कर्तव्यनिष्ठ हुने वातावरण देऊ
पुर्खाले सिकाएको अनुपम हाम्रो ब्यवहार हो ।


माया ,स्नेह र आदरभाव नै मनमा बसोस् है
अनादार, उपेक्षा र पिछडापन बहन गर्न नपरोस्
फुर्तिलोपन, जाँगर, संतुष्टी तनमा पसोस् है ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button