सम्झनामा राजा वीरेन्द्र

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौँ शाहवंशीय राजा थिए । यिनले वि.सं. २०२८ देखि २०५८ सम्म नेपालको शासन गरेका थिए ।

वीरेन्द्रको जन्म २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए । पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । पञ्चायतकालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि यिनी राजा बनेका थिए।

राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमतसङ्ग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत सङ्ग्रहको घोषणा गरिएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढङ्गले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button