कविता: राजाका दुःख

‘आमा, तपाईँले देख्नुभयो राजालाई तर, देख्नु भएन कहिल्यै उसका दुःख, देख्नुभयो– उसले पहिरेको सुखको श्रीपेज तर, देख्नु भएन कहिल्यै दुःखको पगरी… ।’

विवश वस्ती

पहिल्यै आमाले भन्नु हुन्थ्यो–
‘यो संसारमा राजाजति सुखी अरु छैनन् ।’

सानै थियौं हामी, त्यतिबेला
जतिबेला सुनाउनुभएको थियो आमाले
राजाको सुखको कथा,
आमाको कथा सुन्दै हामी पनि कल्पिन्थ्यौं–
सुखी बन्न तिनै राजाजत्तिकै ।

बिस्तारै बुझ्दै गयौं–
यो संसारमा राजा बन्न रहेनछ त्यति सजिलो
राजा बन्नका लागि चाहिने रहेछन्–
एउटा राज्य,
असंख्यौं सेना–मेनाहरु
त्यत्तिकै भाइभारदार÷कवि÷विद्वान्÷चिन्तक
मन्त्री–प्रधानमन्त्री…।

त्यही दिनबाट मलाई महसुस हुन थाल्यो,
राजा बन्न धेरै नै गाह्रो काम रहेछ ।

अचेल आमा हुनुहुन्न ।

आमा हुनुभएको भए म भन्थेँ–
‘आमा, तपाईँले देख्नुभयो राजालाई
तर, देख्नु भएन कहिल्यै उसका दुःख,
देख्नुभयो–
उसले पहिरेको सुखको श्रीपेज
तर, देख्नु भएन कहिल्यै दुःखको पगरी… ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button