
पुरु लम्सालका ‘अस्वीकृत स्वरहरू’
कविता
कमरेड !
जिन्दगी भर निको नहुने
घाउ लिएर बाँचिरहेको छु ।
हुन त केही भएकै होइन
खेत जोतिरहेका बा
हलो मिल्काएर एकाएक दौडिए
समानताको नारा लगाउँदै
र, रूपान्तरणको झण्डा फहराउँदै
गए तर फर्केर आएनन्
आयो, केही समयपछि सहिद भएको खबर
भएको यत्ति हो ।
हुन त केही भएकै होइन
साँझमा बास माग्न आएकाहरूलाई
एक छाक खुवाएको निउँमा
रछ्यानमा भाँडा माझिरहेकी आमालाई
आँखामा पट्टी बाँधेर लगियो
अलि पर बन्दुक पड्केको आवाज सुनियो
र, सरकारी रेडियोले समाचार फुक्यो भोलिपल्ट
दोहोरो भिडन्तमा आतङ्ककारीको मृत्यु
भएको यत्ति हो ।
हुन त केही भएकै होइन
साँझमा स्कुलबाट फर्किरहेकी बहिनीलाई
यौवनले उन्मत्त ब्वाँसाहरूले
च्याप्प समाते बाटैमा
घिसार्दै पुर्याए कान्लामुनि
र सामुहिक रूपमा लुटियो
बहिनीको कलिलो यौवन
भएको यत्ति हो ।
हुन त केही भएकै होइन
दमनको बिरुद्धमा बोल्दा
अत्याचारको प्रतिकारमा उत्रँदा
आँखा जुधाएर प्रश्न राख्दा
दाइको जिब्रो काटिएको मात्रै हो
हात खुट्टा भाँचिएको मात्र हो
आँखा फुटालिएको न हो
अरू त केही भएकै होइन
भएको यत्ति हो ।
बाउ मेरा सहिद भएका हुन्
आमा मेरी बेपत्ता पारिएकी हुन्
बहिनी मेरी बलात्कृत भएकी हो
दाइ मेरा अपाङ्ग भएका हुन् ।
हो कमरेड !
तिम्रो त केही भएकै छैन ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
हो हजुर, यी प्रतिनिधि घटना हुन्, पापीहरूले विदेशीको खुसीका लागि जे पनि गरे तर न हामीले चेत्याैँ न उनीहरूले चेते ।
त्याे समयकाे झल्काे आयाे । जतिबेला यी र यस्तै घटना आँखै अगाडि भएका थिए । सुन्दर कविता दाइ
thank you rachan
I translated and read. The poem was excellent. The selection of simple words has made the poem even more beautiful. How different the same theme can be presented. Really beautiful poem. Your pen is constantly writing such creations. Good luck puru
thank you so much fariza .
दामी कविता पुरु । खुसी लाग्छ साथीकाे प्रगती देखेर र गर्व पनि लाग्छ कि पुरु मेराे साथी हाे भन्दा ।
thank you saraswoti.
धन्यवाद हरि जी ।
मलाई अति नै मन परेकाे कविता दाइ । याे कविता र यादहरुमा आमा शिर्षककाे कविता तपाईँकै आवाजमा सुनेकाे थिएँ । मिल्छ भने यादहरुमा आमा कविता पनि पढ्न पाउँ दाइ ।
धन्यवाद sharmila जी
पढीयो ।सुन्दर रचना ।
Thank You Uttam jee
सुन्दर कविता दाइ ।
raman poudel
जी धन्यवाद