
भिमसेनको पसिना
कविता
रमेशचन्द्र अधिकारी
भिमसेनलाई पसिना आएको साल
अनिष्ट हुन्छ
यो साल पनि फेरि
भिमसेनलाई पसिना आयो ।
भिमसेनको पसिनाले भिजेर
भिमसेन बोकाहरु
आफ्नै पिसाबको गन्ध सुँघ्दै
थुतुनो उचालिरहेछन्
अनि देखाइरहेछन्
दाँतमा टाँसिएको
सत्ताको कामवासना ।
(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
कस्तो बिडम्बना !
हामी साच्चै रैति हौं
कहिले नागरिक बन्न सकेनौं
बन्न दिएन हाम्रै परिवेशले
छेकिरह्यो बारम्बार चेतनाले
सधैं लहलहैको सारमा कुदिरह्यौं
विश्वास पनि विष बन्दोरहेछ
सबैभन्दा ठूलो डर मर्न हुन्छ
तर आज हामी सबै भुलेर
डरमै , उपचार नपाएर घरमै बाचिरहेछौं
परिवेश भयमुक्त छैन्
उपचारका लागि भनसुन छैन
रूपैया छैन, शक्ति छैन
अह सत्ताको पहुँच छैन्
विवशताले मानवता सक्दैन्
राज्य छैन्
असल शासक छैन्
अझ भनौं
सत्तामा असल मान्छे छैन्
सत्य बाड्ने कुनै भान्छे छैन्
कति जोड्नु हात
उनै ईश्वर पशुपतिनाथसंग
यो कस्तो बिडम्वना ।
जसलाई मान्यौं
त्यहि भ्रष्ट छ
अनैतिक छ
निर्वस्त्र छ, निर्लज्ज छ
अनि आफैं अर्ती दिन्छ
पिडा छ बाच्नेको
अझैं पिडा कतिकति मर्नेको
कसले भन्छ अब सत्य
कसरी बन्छ यहाँ न्यायको
मृत्युको पनि कर लाग्छ
कस्तो बिडम्बना !!!