देवकोटाको लकडाउन कविता
शकुन्तला देवकोटा
योग, ध्यान, जप गर्दै आजभोलि ठिक्क
समाचार सुन्दाखेरी लाग्छ सारै दिक्क ।
कति दिन बाँच्ने होला कमाएको धनले
फुकाएर खर्च गर्न मान्दैन नि मनले ।
रोग, भोक, शोक सबै शत्रु हुन है हाम्रो
यस्तो बेला घरभित्र बस्दा हुन्छ राम्रो ।
वातावरण स्वस्छ भाछ हेरिरहुँ जस्तो
चराचुरुङ्गी नाचिरा’छन् स्वतन्त्रले कस्तो !
गाईवस्तु जनावरलाई छुन्न कत्ति पनि
मान्छे मात्र धेरै भाको पृथ्वीमा अनि ।
आत्मबल बढाउन मनोरञ्जन नि गरौं
भाइरसलाई परास्त गर्न आफै अघि सरौं ।
शक्ति दिनु यस्तो बेला धैर्य धारण गर्ने
उपाय छैन अरु केही, भगवान शरण पर्ने ।
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)