जन्मदिनमा जनार्दनले भने, ‘म २२ औं शताव्दीको आधुनिक मान्छे’
कविता
जनार्दन अर्याल
म
२२ औं शताव्दीको आधुनिक मान्छे
पूर्खाको इतिहास संगाल्दै
आधुकितामा रमाउन खोज्ने
साँच्चै भन्ने हो भने
सयलाई पन्छाएर
तीन पुरा गरेर चारमा टेक्दै गरेकी
ठूलो इच्छा र आकांक्षा नभएको
स–साना खुसीमै रमाउन सक्ने
अझै लेखपढ गर्ने
सकेसम्म आफ्नो काम अरुलाई नदिने
मेरी आमाजस्तै ।
उमेर किन ढाँट्नु
केटी भए पो बुढी भै भन्लान् कि भन्ने डर
अब बिहे गर्नु छैन
सन्तान हुर्किए
अब के लुकाउनु के देखाउनु
नागरिकताभन्दा दुई वर्ष जेठो मान्छेले
तर यसलाई कसैले नैराश्यता नसम्झिए हुन्छ
अझैसम्म बाइस तेइसकाले नआँटे हुन्छ ।
जिन्दगीको दोवाटोसम्म आइपुग्दा
कति रहर पुरा भए
कति रहर मारियो
नेपाल अब पाँच ठाउँ मात्र बाँकी छ
पुरै घुम्ने रहर बाँकी नै छ
दुःख सुख सवै
अनुभव गर्ने कुरो हो ।
साच्चै भन्ने हो भने
जिन्दगीसँग कुनै गुनोसो छैन
आजसम्म समयले हराउन सकेन
ठूलो पदमा पुगेको
थुप्रै रहर संगालेको
धेरै कामाउने रहर बोकेको भए शत्रु हुन्थे
चारैतिर मित्रहरु मात्र छन् ।
यो जिन्दगीले मलाई
कसैसँग माग्न सिकाएन
बाँड्नमै रमाउन सिकायो
त्यसैले हुनुपर्छ शायद
कसैको अगाडि
शिर निहुराउन पनि परेको छैन ।
-आर्यालय