पारस धरेलको ‘भरोसा’
कविता
तिमीहरुकै भरोसामा खोज्दै थिएँ भाव तत्व
सुन्दैछु आज मेट्दैछौ रे मानव अस्तित्व ।
जुरासिक युगदेखि हो कि तिमीहरूको चर्तिकला
मानव युगमा मात्रै देखाउँदैछौ यो लिला ।
हे ! भगवान् भरोसा मान्नेहरु मान्नेहरु
आफ्नौ गर्धन् आफै युद्दमा तान्नेहरु ।
सम्झ-सम्झ पालो मिच्दैछौ आज
युद्धको नाममा साराको सपना थिच्दैछौै आज ।
जसरी चन्द्रले औंसीको रात चिर्दै झुल्किन्छ
त्यसरी नै तिमीहरूको काला कर्तुत एकदिन मिल्कन्छ ।