कविताः कुर्चीको प्रजातन्त्र

कोलाज

नेताजी
तिम्रो कुर्चीको प्रजातन्त्र
अनि
महान जनयुद्धलाई अभिवादन !
ती निर्दोष नेपाल आमाका सन्तानहरु
तिनका रगतका भलहरुमा मुछिएर
आफ्नो मझेरी र कुवा छोडन विवश
बहादुर गोर्खेहरुको लालमोहर लगाइएका
सिमापारीको देशमा छरिएर रहेका
सडक खन्ने स्याउका भारी बोक्ने
इमान्दार मेरा दाजुभाइहरु
नालीमा कुहिँदा
मसानघाटमा
बेवारिसे नेपाली लाशको मुचुल्का उठाइएर जल्दै गर्दा
लाशभित्रभित्रै धुवाँ रोए झैं लाग्छ
चितामा राखिएका चिसा मुढाहरु आवाज निकाल्दै जल्दा
जल्दै गरेको लाश नागरिक अधिकार खोज्दै चिच्याए झैं लाग्छ
त्यही लाश चिताको आगोसँग जलेर खरानी हुँदै गर्दा
तिम्रो घोषणापत्र
तिम्रो संविधान
तिम्रो धारा, उपधारा
तिम्रो कुटनीति
तिम्रो मानवअधिकार
तिम्रो नैतिकता
तिम्रो कर्तव्य
तिम्रो दूतावास
यी सबैलाई अर्को चिता बनाएर जलाइदिउ झै लाग्छ !
जय देश ! जय नेपाल

हालः कुल्लु, हिमाचल, भारत ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button