नयाँ बर्षमा नयाँ ‘गजल’

© सुविद गुरागाई

नयाँ भन्छन् नेपाल पुरानै छ वेग ।
कसोगरी थेग्ने युवाहरू थेग ।

जित्छु भन्थ्यो हिजो बसेको छ हारी,
आशा गरे पनि नचल्ने भो डेग ।

सधैँ कालो–नीलो पिरलो भो उस्तै,
आँधी बनी अब हटाउनु छ मेघ ।

राजधानीमै राख आदर्शका ठेली,
राहत आउने बाटो हेरिरन्छ भेग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button