गीतः यसरी जन्म्यो ‘दल छ देश छैन’
चन्द्रलाल तामाङ / गीतकार
- गौतम बुद्ध जन्मेको देशमा बुद्धसँगै बुद्धि र शान्ति अमनचयन सति गएपछि
- १७ हजार नेपालीको बलिहदान खेर गएपछि
- दिनदहाडै चेलीको अस्मिता लुटिएपछि
- कुटेर गर्धन निमोठेर कलिला बालबालिकाहरू मारिन पुगेपछि
- देशको सार्वजानिक सम्पत्तिमा हालीमुहाली हैकम र हुकुम चलाएपछि
… मानव अधिकार, सार्वभौमिकता, भौगोलिक राष्ट्रिय अखण्डता र स्वाधीनताको लागि कलम तरवार भएर उठ्छ । जव कलम तरवार बन्छ, संसारका कुनै पनि विज्ञानको तागतले काम गर्दैन ।
म देशलाई माया गर्ने मान्छे, राष्ट्र र राष्ट्रियताभन्दा ठूलो मेरो लागि अरू केही थिएन र छैन पनि । मलाई जन्म दिने आमा र म जन्मेको भूमि मलाई प्राणभन्दा प्यारो । तर, मेरो देशको पछिल्लो राजनीतिक अवस्था र दलहरूको आपसी खिचातानीले जनता र दलका नेता तथा कार्यकर्ता बीचको सम्बन्धमा मेल देखिनँ ।
देशको बिग्रदो राजनीतिक अवस्था र जनताले भोग्नु परेको राजनीतिक समस्याको चुरो कुरो खोज्ने क्रममा मैले मेरो पहिचान र अधिकार के हो भन्ने कुरा नै पत्ता लगाउन सकिनँ । दिमागमा एउटै प्रश्न बारम्बार आइरह्यो । देश ठूलो कि दल ठूलो ? जनता जनार्दन कि दलका कार्यकर्ता ठूलो ? यसैको उत्तर नपाउँदा लेख्न पुगेको एउटा गीत हो, ‘दल छ देश छैन ।’
देशको बिग्रदो राजनीतिक अवस्था, राजनीतिक दलहरुप्रति जनताको असन्तुष्टि गीतमार्फत उजागर गर्न खोजेको मात्रै हुँ ।
एसएन डिजिटल युट्युव च्यानलमार्फत बजारमा आएको ‘दल छ देश छैन’ गीतमा लिजा लामाको स्वर, दीपक रमनको सङ्गीत, सञ्जय हमालको सङ्गीत संयोजन छ । देशप्रतिको प्रेमभाव बोकेको गीतको भिडियोमा गायिका लामा, श्याम बान्तवा राई, रत्नमान लामा, हृदय श्रेष्ठ, मानबहादुर थापा, सरस्वती घिमिरे, नारायण घिमिरे, मिना महर्जन, सुवास सिलवाल, कल्पना घिमिरे, सरोज खड्का, अमित तुलाधरलगायतको अभिनय छ ।
भिडियोलाई राजु लामाले निर्माण तथा निर्देशन गरेका हुन् भने मोहन अभिलाषीको छायाङ्कन एवं सौखिन तिमल्सिनाले सम्पादन गरेका छन् ।
I am Chandra Lal Tamang, lyricist of nepali music industries, I am excited and so happy to be friend of nepalnamcha.com facebook group, Thank you.