कविताः अँध्यारोका विरुद्धमा

मणि लोहनी

जलेर अंगार हुनु सूर्य
या थाकेर आँखा चिम्लनु तिमीले
अध्याारोका लागि यी दुवै सर्त मन्जुर छ ।

सपनाको बिहानी सूर्य हुर्काइरहेका आँखा
र सुकसुकाउादो वर्तमान
बन्दुकको जुत्ता लगाएर हिडिरहेको शासक
निर्जन जङ्गलभन्दा डरलाग्दो सिंहदरबार
एकपछि अर्को गर्दै भकाभक लडिरहेका-
निरीह पत्रकार,
निर्दोष कवि
र भोका मजदुरहरू
सबैमा थपिएको छ अँध्यारोको घाउ ।

अँध्यारोमै हासिरहेको छ शासक
दौडिरहेको छ त्यो कालो घोडा अँध्यारोमै
नगरबधूको कुनै निर्लज्ज सााझजस्तो सांसद
लेखिरहेछ हाम्रो आयु र खुलेआम थापिरहेछ छातीमा तक्मा ।
‘झन्डा नबोक्नु कसैको’ अपराध बनिरहेको छ
र नाङ्गो तरबारमा झन्डा बोक्नेहरूको
हातैमा छ सुरक्षादस्ता
हातैमा छ कानून
र, यही अँध्यारोमा बल्झिएको छ-
अभिव्यक्ति स्वतन्त्रता
मानवअधिकार
र नागरिकताका अँध्यारा घाउहरू ।

नदेख्नु घाम या हेर्नु तिमीलाई
नबाल्नु मैनबत्ती या च्यातिदिनु प्रेमपत्र
नहाँस्नु तिमी या भुरर्र उडाइदिनु परेवाहरू
एउटा प्रेमी ठिटो नबुझेर राष्ट्रियता
फुटाइरहेछ ल्यापटप
र झुन्डिदै हिँडिरहेछ
अभिशप्त आदिम ल्याम्पपोस्टहरूमा ।

जलेर अंगार हुनु सूर्य
या थाकेर आँखा चिम्लनु तिमीले
अँध्यारोका लागि यी दुवै सर्त मन्जुर छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button