मभन्दा अरु तिम्रो संसार नहोस्

कविता

आयुष पौडेल

जुनेली रातमा तिम्रो साथ होस्
अनि अलिअलि रक्सीको मात होस्

सब थोक होस्, धोका नहोस्
मेरो हातमा सधैँ तिम्रो हात होस्

समय बेहोस होस्, बहुला होस्
जाडो होस् र पनि बर्सात होस्

मभन्दा अरु तिम्रो संसार नहोस्
मबाट यहि एक अपराध होस् ।


(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button