आलुजी परिकार बन्दै गर, जालुजी जाल बुन्दै गर

कविता

रतन साउँद

आलुजी परिकार बन्दै गर
त्यही तिम्रो विशेषता
जालुजी जाल बुन्दै गर
त्यही तिम्रो सफलता

खोएबिर्के पिउनेहरु
यहाँ मोज गर्नेले गरेकै छन्
झुठो वचन दिनेहरु
यहाँ आस गर्नेले गरेकै छन्

हलो तान्ने तान्नेहरु
हलो तान्ने काम हो तान्नै पर्छ
जान्ने जानकारहरु
पर्दा पछाडिको ईशारामा चल्नै पर्छ

ढोल पिट्ने ढोलेहरु
ढोललाई ठटाई ठटाई पिटने गर्छन्
पर्सिएका बलिका बोकाहरु
बली चड्न घाँटी थाप्ने गर्छन्

मौरी मेहनत गर्दै गर
मेहनतको फल सबैले चाखेकै छन्
खुराफाती बन्द गर
इज्जत सम्मान पाउनेले पाएकै छन्

कलम अझै चल्दै गर
तिम्रो भरमा टाठा बाठा भएका छन्
थोत्रो बकम्फुस बन्द गर
लोभीपापी वरिपरि घुमेका छन्

पिरमर्कामा मुख खोल्ने गर
घुक्नेहरु यहाँ घुकेकै छ्न्
खोक्रो परिवर्तन बन्द गर
निमुखाहरु भोका नाङ्गै छन् ।


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button