‘लुकी’ ल्याए कृष्णले

‘लुकी लुकी मायाले’ सार्वजनिक भएको छ । कृष्ण पौडेलले आरती अधिकारीको साथमा नयाँ लोकगीत सार्वजनिक गरेका हुन् । गीतको शब्द र संगीत गायक पौडेलको छ ।

विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरूङले गरेका छन् । सविन गुरूङको कोरियोग्राफि रहेको भिडियोमा लोमश शर्मा र अमृता सापकोटाको अभिनय रहेको छ । म्युजिक भिडियोको छायाङन गणेश सापकोटाको रहेको छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् । फलानो क्रियसन, पोखराको पोष्ट प्रोडक्सनमा म्युजिक भिडियो तयार भएको हो ।

पछिल्लो समय समाजमा भएको माया प्रेमको भावनालाई समेटेर लुकी लुकी मायाले बोलको गीत तयार गरिएको पौडलले बताए । पोखराको पृथ्वीनारायण क्याम्पस पढ्दादेखि नै गीतसंगीतमा सक्रिय पौडेल विदेशमा वसेर पनि नेपाली गीतसंगीतमा अभिरूचि राख्ने गर्दछन् ।

‘प्रवासमा भए पनि नेपाली गीतसंगीतबाट टाढा हुन सकिरहेको छैन’, कतारलाई कर्मभुमि बनाउदै आएका उनले भने ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button