नेपालगन्जबाट आयो ‘खोइ ! मथिङगल’
झलकजी विकल्प
मरेका भनिएकाहरु म भेट्न् खोज्दै छन् !
म मर्दै छु कि उनीहरु जिउँदै छन् ?
साच्चै अचम्म भो ! जीवनमा
जे होस्, अब गज्जब हुन्छ ।
मृत्युलाई शोकमा बुझ्ने कि, उत्सवमा ?
मोक्ष, मुक्ति वा फराकिलो ? !
जीवनलाई अवसरमा बुझ्ने ? कि, अवसादमा !
प्राप्त समयको व्यवस्थापनको मेलो पो ?
मृत्यु सत्य हो ? अनि, जीवन नि !
जिउँदै किन मर्ने के, अनि आत्महत्या ?
जन्मेको कि जन्माइएको ! उफ !!
भ्रम बाहेकको तिमी नै सत्य ।
हरेक दिन यस्तो होस्, जस्तो कि अन्तिम !
निराशा बोक्नेहरू रोइरहलान, म हासिरहुला
किनकि जीवन मसङग हुन्छ, मृत्यु ऊसँग
भनिन्छ, एक दिन म सत्य सावित हुन्छु ।
तिमी मनको सुन न, म भन्छु
तिमी भरपुर दिमाग लगाउछौ ।
भावनाका सुनौ न, म भन्छु
तिमी उत्तरमा समय लगाउछौ ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)