मुक्ति मिलेकै छैन, चन्द्रमा अझै दाहिने भएकै छैन


निर्मल अर्याल / कविता

स्वतन्त्रताको छालमा बेगसँग सफर गरे पनि
समानताको डोरीमा कस्सिएर बाँधिए पनि
भित्री रुपमा मलाई मुक्ति मिलेकै छैन
मेरा लागि चन्द्रमा अझै दाहिने भएकै छैन ।

जति पिए पनि तृप्त नहुने यो कस्तो तिर्खा
जति उपचार गरेपनि निको नहुने यो कस्तो मर्का
खै के भनौं बाँच्नका लागि सङ्घर्ष गरि नै रहेको छु
आफू त छु तर निरन्तर आफ्नै अस्तित्व खोजिरहेछु ।

सबैबाट तिरष्कृत, अपहेलित मृगतृष्णा सरह जीवन छ
असीम भोक छ, तैपनि चौरासी व्यञ्जन अपूरो छ
मखमलको शान्दार ओछ्यानमा पनि म सुतेकै छु
तर पनि काँडाले घोच्ने चरम व्यथा सहकै छु ।

जे जस्तो भएपनि यो निरश जिन्दगी जिउनु नै प¥यो
एक पटक मर्नका लागि भए पनि म अहिले बाँच्नै प¥यो
साँच्चै भित्री रुपमा मलाई कहिल्यै मुक्ति मिलेकै छैन
मेरा लागि चन्द्रमा अझै दाहिने भएकै छैन ।

गोकर्णेश्वर–५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button