कविताः गल्ती कसको आमा, यो संसारमा जन्म लिएँ ?

साजन रेग्मी

गल्ती कसको आमा
यो संसारमा जन्म लिएँ
मेरो के नै अस्तित्व आमा
यदि समाजको बिष सबै तिमीले पिए

जन्मे यहाँ, हुर्किएँ यहाँ
मलाई यही झुपडी प्यारो
महलमा बस्नेका हृदय झाकेर हेर आमा
त्यहाँ छ मात्र अँध्यारो

बर्खामा चुहिने यो छानो
पेटभरि खान पुग्ने कहाँ थियो र दानो
हाम्रो दुख कसले देख्ने आमा
भगवान पनि त छ कानो

गर्व गर्छु आमा
तिम्रो सन्तान भई जन्मेकोमा
सन्तोषी थिएँ म आमा
भोक मेट्न त्यो नदीको पानी पिएकोमा

नसोच कहिले दिन सकेनौ केही
अन्तिम सास तिम्रै काखमा फेर्दै छु आमा
मेरो लागि संसारको सारा सुख यहि
मेरो लागि संसारको सारा सुख यहि

(साजनको जीवनकै पहिलो कविता हो यो, जो आमा र नेपाल आमामा समर्पित छ ।)


(
प्रिय साथी !
तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button