
दोलखा, जहाँ स्वर्गको टुक्रा छुटे जस्तो लाग्छ

देशको समग्र चित्र कोर्ने ‘नेपालनाम्चा’को राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोप्रति अगाध प्रेम प्रकट गर्नुभएकोमा तामाकेशी ७ दोलखाकी तारादेवी सुनुवारलाई धन्यवाद ।
१. तपाईँको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईँको मनमा के आउँछ ?
नेपाल प्राकृति सुन्दरताले भरिएको ठाउँ मध्ये एक हो दोलखा । जहाँको भूगालले ७६२ मीको सितली बेसीदेखि ७१३४ मीटरको उचाईमा रहेको गौरीशंकर हिमाललाई अंगालेको छ । जुन हिमालालई आधार मानेर नेपालको प्रमाणिक समय निर्धारण गरिएको हो यस्तो ठाउँमा छु जहाँ प्राकृतिक सुन्दरताले भरिभराउ र दैविक शक्ति मठ मन्दिर, गुम्बा तथा विविध जातजातीहरुको बसोबास रहेको प्रकृतिक र दैविक उपहार प्राप्त भएको ठाउँ जहाँ स्वर्गको एक टुक्रा यहिँ छुटेको जस्तो लाग्छ ।
२. यहाँ जन्मिएकोमा तपाईँ कस्तो अनुभुति गर्नुहुन्छ ?
प्रकृतिको नियम मानिस जन्मन त जहाँतहीँ जन्मन्छ । सायद मानिसको भाग्यमा लेखिएको हुन्छ जन्मने, कर्म गर्ने र अन्तिम विधाई हुने ठाउँ । यहाँ जन्म लिएर यस जिल्लाको हुँ भन्दा अघिल्लो जुनिमा केही राम्रा कर्म गरेको अनुभुत गर्छु । जहाँ भौगोलिक विविधता मात्रै छैन जातजाति र धर्मसस्कारको पनि विविधता छ । सप्तकोसीको नदी मध्ये तामाकोसी र साहयक नदी खिम्तीको पानी पिएर, बलवान भिमसीनको तागतले, च्छवरोल्पामा पौडिदै कालिन्चोक माताको आर्शिवादले गौरीशंकरको काखमा खेल्दै सैलङ्गे डाँडाको सय थुम्का–थुम्कामा नाँचेर सबै जात र धर्महरु एकअर्कामा हातेमालो गरेको दोलखा बजारको नेवारदेखि सुरीको सुेरेलहरुसम्मको बहुपहिचानयुक्त साझा फुलबारीमा भएको अनुभुत हुन्छ ।
३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
हेर्न लायक ठाउँहरु त धेरै छन् नेपाल यसै पनि प्राकृतिक सुन्दरताले भरिएको देश हो तर अन्त भन्दा पृथक दोलखामा देख्न पाइन्छ । यहाँका थुप्रैठाउँहरु छन् जहाँ मानीस जन्मेपछि एकपटक पुग्नै पर्छ । अन्यथा जन्मेको सर्थाक हुन्न जस्तो लाग्छ । सास्कृतिक, धार्मिक तथा पर्यटकीय हर क्षेत्रमा अब्बल भएको सुन्दर जिल्ला हो दोलखा, त्यसमा पनि नछुटाई देखाउन मन लाग्ने ठाउँ खिम्ती खोलाको शिर जिरीखिम्ती, सैलुङ्गे डाँडाको सय थुम्का, चेर्दुङ डाँडाको चौरी खर्क जहाँ चौरीको दुध र दही र मोहीबाट बनेको परिकारको स्वाद सम्झना होस, दोलखा भिमेश्वर मन्दिर , माथिल्लो तामाकोशी कुरी कालिन्चोक, गौरीशंकर हिमाल, शैलङ्गेश्वर महादेव मन्दिर, टसी गुम्बा, रोल्वालिङ्ग उपत्यका, च्छोरोल्पा हिमताल, बेदिङ्ग गाउँ, जटापोखरी , बहुला पोखरी तामकोसीको काखमा रहेको विभिन्न गाउँ जिल्लाको सबैभन्दा होचो भूभाग सित्तली बजार, किर्नेटार हाँबा देउराली, पर्यटकीय नगरी नेपालको स्वीजरल्याण्डको रुपमा परिचित जिरीको लिंङकन बजार लामबगर, खरिढुंङ्गा, सुनखानी, बिगु गैरीमुदी, किराँतीछाप जस्ता विशेष ठाउँहरु नुछाटाई देखाउने रहर जाग्छ जहाँ मित्रताको सिमाना क्षितिज वारी नै रहिरहोस ।
४. तपाईँलाई आफनो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
मेरो जिल्लाका भौगोलिक तथा सास्कृतिक विषयमा गर्व नलाग्ने कुरै भएन । यो विभिन्न जातजातीहरु नेवार, शेर्पा, तामाङ्ग, गुरुङ्ग, थामी जिरेल, सुरेल, सुनुवार, मगर, कामी, सार्की, दमाई, क्षेत्री ब्राम्ह्ण आदि बसोबास गर्ने साझा फूलबारी हो । भाइचाराको सम्बन्धमालाई शिरोधरी गर्दै आप्नै भाषा, मौलिक चाँडपर्व, भेषभुषाहरु गर्व गर्न लायक छन् । तथापी नेपालको प्रमाणिक समय निर्धारणको आधार मानिएको गौरीशंकर हिमाल, च्छोरोल्पा ताल लगायत प्रकृति सम्पपदा , सास्कृकि धरोहर धार्मिक स्थल भौगाोलिक विविधता, जैविक विविधता र ७६२ मी होचोमाटोको तातो हावा र ७१३४ मीटरको अग्लो गौरीशंकर हिमालको चिसो हावाको संगममा विशेष गर्व लाग्छ ।
५. धेरैले थाहा नपाएको तर तपाइँले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
एउटा गन्तव्य मात्र नखोजेर आफ्ना अनुभूतिका रङ्गहरु मिसाउँदै आप्नै चित्र कोर्न सकिने प्रकृतिको काख हो । धार्मिक, पर्यटकीय स्थल लगायत यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सास्कृतिक विविधता भित्रको बहुजाती, बहुभाषा, मौलिक परम्परा, विभिन्न जातजातीहरुको आ–आफ्नै भेषभुषाले भरिपूर्ण । यहाँ नेपालको लोपउन्मुख जातहरु जस्तै जिरेल, सुरेल, थामीहरु, सिमान्तकृत जाती सुनुवारको बसोबास देखि देशमा रहेका विभिन्न जातजातीहरुमध्यै धेरैको बसोबास र मौलिकता हनु नेपालको विविधताको उदाहरण यही पाइन्छ । नेपालको समय निर्धारणको आधार मानिएको गौरीशंकर हिमालको काखमा फुल्ने गुँरास, चिमल, सिमल जस्ता फुलहरुले मन मोहक बनाउँने मात्रै हैन, जडिबुटिहरु अनगिन्ती छन् जस्ले जीवन बचाईरन्छन् । भूगोल अनुसारको फलफुल, अन्नपात उत्पादन कृषि विविधता र पशुपालन मुख्य उत्पादनको श्रोक्त हो । चौरीगाई चर्ने खर्कमात्रै नभएर देशकै नमुना कृषिफहरु यहिँ जिल्लामा छन् काभ्रे, बोच जिरी, खिम्ती आदीले पशुपालनमा पनि विशेष छ । ताल तलैया, मठ, मन्दिर, गुम्बाले एकताको सन्देश दिईरहेको छ जहाँ केवल भूगोलको रेखाको नक्सा मात्रै नभएर प्रकृतिले पोखेको एउटा आदिम रंङ्गीन् प्रतिक नै खास विशेषता हो ।
६.यदि तपाइँको जिल्लालाई एउटा मानिसजस्तै सोच्नु पार्यो भने कस्तो स्वभावका हुन्छ ?
भूगोलले कोरेको एउटा सिमाना मात्रै नभएर समयको पदचाप अनुसार चेतनाले चुम्ने अन्तिम सौन्दर्यले भरिपूर्ण एक नवजवान लामो कपाल, छिनेको कम्मर, गुलाबी ओठ, कोमल मनका धनी, कल्कलाउँदो बैँस निलो सारीमा ढकमक्क फुलेर भमराहरुलाई नचाउँने सशक्त, सुन्दर, शान्त श्वभावमा आफ्नो जीवन गीत गाईरहेरहेको एक युवती जस्तो ।
७. भविश्यमा तपाईँको जिल्ला कस्तो भएको देख्दा तपाईँ खुसी हुनुहुन्छ ?
संसारकै पर्यटकहरुले धार्मिक, सास्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण चौतारीमा मन बिसाएर जीवनका मोडहरुमा आइपरेका विभिन्न उबडखाबड बाटोहरु बिसिर्एर आनन्दको स्वास फेरेको । विविध भाषा, धर्म सस्कृतिमा सु–सज्जित भएर आनन्दमा डुबेको । जीवन उपयोगि विकासको फूलबारीभित्र आत्मनिर्भर र समृद्ध समाजले सिंगारिएको शसक्त जिल्ला देख्दा सबैभन्दा बढि खुसी हुन्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



