
मुटुको कुना कुनामा तिमी
साधना खतिवडा
नजरको हेराइमा तिमी
मेरो सास फेराइमा तिमी
मन्द बतासको उडाइमा तिमी
पलपलको कुराइमा तिमी ।
कल्पनाको लहरमा तिमी
सम्झनाको प्रहरमा तिमी
मुटुको कुना कुनामा तिमी
कैदीझैँ म भित्र थुनामा तिमी ।
मेरो लजाइमा तिमी
आँखा जुधाइमा तिमी
ओठको मुस्कुराइमा तिमी
रिसाउँदाको ठुस्काइमा तिमी ।
जीन्दगीको साथहरुमा तिमी
साथ नहुँदा यादहरुमा तिमी
मैले महशुस गर्ने सुखमा तिमी
मेरा सङ्घर्ष अनि दुखमा तिमी ।
मेरो प्राप्ति तिमी
मेरो त्याग तिमी
मेरो प्रेम तिमी
मेरो प्राण तिमी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)