
उनको अगतिलो चौपट्टको अहंकार
अहंकार !
सुशील लामा
गिदीलाई कोईला बनाएर
पर्खी रहेको थियो ।
भवितव्यंमा प्रादुर्भाव भएको
एउटा सानो भुलको जिऊँदो लास जलाउन
नियतिलाई मन परेको एउटा भुल
उनको सामुन्ने
अनुनय-विनय गरेर
मागी रहेको थिए,जिबन भिख
पल्टाऊँदैं थियो
पानाहरु यथार्थको ।
मन खोलेर देखाउने कोशिश गर्दैं थियो
परिवन्धले निर्धारण गरेको आयामको कथाहरु
तर,
उन्मादी क्रोधको खाँडो जगाएर
मनभित्रको मानवीयता भगाएर
पोखाउन आतुर देखिन्थ्यो
रिसको गेगरहरु
मनको बाँध भत्तकाएर
उनको अहंकार उम्लदैं थियो ।
एक सय डिग्री कटाएर
मानौं !
उनी नै हुन् सर्वेसर्वा यो ब्रह्माण्डको
उनको हुकुममा बाँचेका छन् सारा दुनियाँ
आगो पिएर
आगो जस्तै भएका आँखा
क्रोध चपाएर
क्रोधको स्वादिलो स्वाद चाखेर
चोटिला छाडा शब्द बोल्दै गरेका जिब्रोको हलचल
मिलि हाले भर्खरै
अगाडि जिबन भिख माग्दै गरेको
कम्जोर जिन्दगीलाई
चटनी बनाउन लालायित देखिन्थ्यो
उत्तेजित उत्ताउलो तिनको हर्कत
उनी आफैले
तय गरेको परिस्थितिलाई
आवेगको आवेदना बुझाएर
रिसको खुडाँ बोकेर बसेको दुईहात
लाग्दै थियो त्यो बेलाको
उनको त्यो अहंकार
अचम्म मात्रै होईन गज्जबको ।
अविरल खोला जस्तैँ बगेको
तुक बिनाको शब्दहरु
छिल्दैं थियो कसैको
जिबनको नाजुक बोक्राहरु……
च्यातिदैँ थियो कसैको
सपनाको पानाहरु
अहंकारको बिशिस्ट बिषले भरेको हातले ।
मान्छेले मान्छेको अस्तित्व मेटाउनु भनेको
उनको लागि केही होइनन् रे!
मान्छेले मान्छेलाई पीडा दिनु भनेको
उनको लागि बायाँ हातको खेल रे!
कसैको जिन्दगीमा खसेको
नियतिलाई नियन्त्रणमा लिएर
देखाउदैं गरेको अहंकार
तिनका ती अहंकार !
कुनै न कुनैं दिन गल्नेछ ।
गलेर झर्नेछ ।
झरे पश्चात समय आगो सँगै जल्नेछ ।
भस्म हुनेछ ।
खरानी बन्नेछ ।
खरानी बनेर बागमतीसँगै बगेर
टाढा-टाढा पुग्नेछ ।
उनको त्यो अगतिलो चौपट्टको अहंकार ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)