खेत रोप्न जानु छैन, बाझो भो बारी
सीता भण्डारी
हामीलाई भन्दा छोरीबुहारीलाई सजिलो
माइती घरमा बस्दा खेरी यिनले पढ्न पाए
कोहि भए व्यवसायी कोहिले जागिर खाए
न त यिनलाई ढिकीजाँतो न त मेलापात
जे गरेर भए पनि खाएका छन् भात
दैव लागे कसैले तारेर तर्दैन
सासुज्युका गोडा मुसार्नु पर्दैन
अँध्यारोमा डोको बोकी पानी ल्याउनु परेन
न्यानो लुगा जुत्ता चप्पल केहीको दुख भएन
आँगन र चुलामा छ सफा खानेपानी
कोठाभित्रै शौचालय कति भाग्यमानी
छैन इर्श्या र डाह आशिर्वाद जैले नि
हामीलाई जस्तो कष्ट नपरोस कहिले नि
कसैको घरमा मोटरसाइकल कसैको छ गाडी
खेत रोप्न जानु छैन बाझो भो बारी
काम गर्न कहिले उठ्नु पर्दैन आधा रातमा
थ्याच्च बस्यो त्याच थिचो मोबाइल छ हातमा
दाउरा न चुलो न त धुवाँ हरर
ग्याँसमा पकाउने सजिलै फरर
एउटा मात्र सन्तान दुइटा चाहिदैन
सासु ससुराप्रति मान मर्यादा छैन
डोको, नाङ्लो, कोदालो र हँसिया छुनु पनि छैन
राति सुत्दा एक गिलास दुध चै नखाई नि हुन्न
दुध दहि खाली हुन्न पोका ल्याको छ चुलामा
साडी चोली छोडी हिड्छन् प्यान्ट र टिसर्टमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)