बाध्य छ्न् आमाबुबा छोराछोरी विदेश पठाउन, यो देशको माहोलबाट जोगाउन

मेरो देशको हालत

कविता शाक्य

कति हेरिबस्छौ हो जनता अझै आँखा चिम्लि, हेर
पालैपालो देश बेचिसके यिनिहरुले र्याल काढेको, हेर ।

कति हेर्न सक्छौ हो कार्यकर्ता अझै आँखा चिम्लिदै, हेर
पालैपालो देश नङ्गाइ राछ्न यिनले अझै झोला बोक्दै, हेर ।

शिक्षा स्वास्थ्यमा गुणस्तरीय सेवा छैन कमिसनको खेला
बत्ती पानी सडक सन्चार भित्र यिनैकै लुटतन्त्रको मेला ।

भाषण गर्छ्न सुशासन र लोकतन्त्र देशको आवश्यकता
फाइदा लिने परिवार र आसेपासे नारा लगाउछ्न कार्यकर्ता ।

कति हेरि राख्न सकेका हौ युवाहरु अब आँखा खोली हेर
हरेक दिन खाडी पलायन युवायुवतीको तातिलाई हेर ।

देशको यिनलाई माया नै छैन, आमालाई रुवाइ नङ्गाइसके
युवाहरुको छातीमा टेकिटेकी रगतको होली खेलिसके ।

बाध्य छ्न् हाम्रा आमा बुबा छोराछोरी विदेश पठाउन
रोजगारी र असुरक्षित यो देशको माहोलबाट जोगाउन ।

रोजगारीको कतै सम्भावना नै छैन, सर्टिफिकेट छ हातमा
अवसर माग्दा सङ्गिन बुट लाट्ठी प्रहार गर्छन हाम्रो छातीमा ।

यस्तै छ मेरो देशको हालत यस्तै छ परिवारको खुसी
युवाको जोस जागर लत्याउने तिमीहरु कहिल्यै हुन्नौ सुखी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button