पहिलो माया

पुष्पा दाश

बर्सातझै नयाँ अभास लिएर आएको पहिलो मायाले,
संसार हेर्ने नजर देखायौ ।

ति आँखा, ओहो !
ति आँखा अझै याद छन्, शायद पहिला माया दिन्थ्यो
अनी अहिले पीडा दिन्छन् त्यही भएर ।

मुस्कानको त के म तारिफ गर्न लायक छु र,
संसारले त मोल लगाउन सकेन, म त बिशाल गहिरो सागरको एक मुठ्ठी पानी परे ।

याद मज्जाले छ मलाई पनि र तिमीलाई पनि,
भुल्न न सकेको होइन माया, भुल्न नचाहेको हो ।।

शायद हाम्रो माया को गन्तव्य साह्रै लामो भयो, कि त दिनमा 24 घण्टा नै कम भयो ।

काहाँ गएर उदास हुन पुगेको छ यो मन तिम्रो कल्पनाहरू सँग मेल खाएर ,
यात मेरो कल्पनाको छेउ छरी न आएर ।

म उसलाई अत्यधिक मात्रामा प्राण भन्दा बढी माया गर्थे,
उ मलाई झन धेरै माया गर्थयो होला तर सबै कुरा जुटदा जुटदै,
कहिले काहि यात्रा र सम्बन्ध जुट्दोनरैंछ ।

न त छ घृणा नै उ प्रति, न त छ माया नै
साथी सम्मको यात्रालाई जीवन साथी न बनाएकै राम्रो हो हुन त ।

उ अगाडि छन्, तर म देख्न सक्दिन या त चाहनन्
उसले माया देखाउछ तर म देख्न सक्दिन या त चाहनन् ।

शायद उ मा म जति अलिकति र म मा उ जति अलिकति माया भइदिएको भए कुरा बेग्लै हुन्थ्यो होला,
शायद म मा उ जति अलिकति र उ मा म जति अलिकति माया भइदिएको भए कुरा बेग्लै हुन्थ्यो होला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button