जब कोठामा चामल रितिन्छ तब आमालाई भात खान्न भनी दङ्ग्याएको याद आउँछ

भावना कटवाल
सुनकोसी, ओखलढुंगा

जब यो मन भकानिन्छ
तब आँखाले पानी बर्षाउन थाल्छ
दौडिदै गरेका पाइला अगाडि पहिरो खस्छ
अनि यसै यो मन बरबराउन थाल्छ
तर पनि आशा अझै मरेको छैन
किनकि बा आमा मसँग श्वास जीवितै छ ।

जब कोठामा चामल रितिन्छ
तब आमालाई भात खान्न भनी दङ्ग्याएको याद आउँछ
प्रगतिमा आधी हुरी चल्दै गर्दा
बाले भारी बोकी हलो जोती सहर पठाएको यादले सताउँछ
तर पनि आशा अझै मरेको छैन
किनकी बा आमा मसँग श्वास जीवितै छ ।

गन्तव्य र म केही दुरी होलायौ
तर हाम्रो कुनै अदालतमा छोडपत्र भएको छैन
एक दिन उसको र मेरो भेट अवश्य हुनेछ
थाहा छ, मैले कुनै गलत बाटो अँगालेको छैन
तर पनि आशा अझै मरेको छैन
किनकि बा आमा मसँग श्वास जीवितै छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button