म स्थिर समुद्र, तिमी हावाको वेग भयौ

प्रिया!

रितिक दास कथवनियाँ

मेरो घर वरिपरि रहेका
पर्खालका तार-बार नाघ्यौ,
सुनसान छ आँगन
आखिर! घर-बार छाड्यौं,
अन्त्यै माया लाएछौ कुन्नी
तिमी कता भाग्यौ ?
प्रिया!

बाधेको थे मायाको धागोले तिम्लाई
तर, तिमी त्यै धागोको
गाठो बनिगयौ,
राखेको थे यो ढुकढुकीमा तिम्लाई
तर, तिमी पिजडा सम्झि
पन्छी झै उडी गयौ,
प्रिया!

मलाई त सुन भन्थेउ
आफ्नो जून भन्थेउ,
जिन्दगीको सारा सुकुन भन्थेउ,
तर आज खै!
कोही निपुण भेटायौं की,
अनि त हाम्रो मायालाई
अकस्मात् मेटायौं की।
प्रिया!

म त स्थिर समुद्र झैँ थिए
तिमी हावाको त्यो वेग भयौ,
यो जिन्दगीमा रोदनको छाल ल्याई गयौ
जिउदो शरिर छ, तर खाल लगि गयौ,
सजाएका सब सपना उडाई गयौ
यो सहयात्रामा अल्पविराम लगाई गयौ
प्रिया!

हो! गयौ, जाऊ, रमाऊ, घरजम जमाऊ
तर बिन्ती! फेरी फर्की नआऊ!!
म जस्तै उसको पनि त प्रेम होला
छुट्न सक्छ,
म जस्तै उसको पनि त दिल होला
टुट्न सक्छ,
म जस्तै उसको पनि त आसुँ होला
सुक्न सक्छ,
म जस्तै उसको पनि त सपना होला
चकनाचुर हुनसक्छ
हो! त्यसैले उसैको हात समाऊ, रमाऊ
तर बिन्ती! फेरी फर्की नआऊ
प्रिया!

म त अझ भमरा झैँ छु
तिमी चुडिएको त्यो फूल भयौ,
तिम्रो आभास पाउन
त्यो मिठास पाउन,
सायद! खोजिरहनेछु
मेरा बन्द आखाँभित्रको,
त्यो दृश्यमा सम्झिरहनेछु
मन-मस्तिष्कमा राखिरहनेछु
प्रिया!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button