
मनः सागर पनि, मरुभूमि पनि
मन
सुनित प्रसाईं
मन मनको होडबाजी छ यहाँ
न कोहि झुक्छ ?
सबै अरुलाई नै झुकाउन खोज्छन् ।
उसकै वेदना, उसकै विलाप सुनाउँछ
बादल लागेका आँखाहरुमा शंका र क्रोधले उन्मादित छ ऊ
अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ
आफूलाई पिडा भएको महसुस गर्छ
तर अरुको पिडा कहिल्यै बुझ्दैन ।

अनायसै दुरी बढाउने,
भिडमा नतमस्तक हुनेहरु हो
कहिलेकाँही एकान्तमा आफूलाई नियाल्नु होस्
जहाँ आफ्नो नजरअन्दाज गर्न सकिन्छ
आफैले रोजेको गन्तव्य आफै भुल्छन् यहाँ ।
सागर पनि यहि मन बन्छ
मरुभूमि पनि यहि मन बन्छ
कहिले मुस्कुराउँछ त कहिले तड्पिएर रुन्छ
हो, मन–मनको होडबाजी छ यहाँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)