गान्तोकबाट घलेभाइका बीस हाइकु

युवराज घलेभाइ
गान्तोक, सिक्किम

१.

पुरानो लालबजार
कहाँ खोजूँ
मेरी आमालाई ।

२.

नफल्ने
बनतरुल
गोर्खाल्यान्ड ।

३.

अब त तिम्रो झूटो
आश्वासनको क्रान्ति
बेकाम छ ।

४.
अहम
अर्कालाई मारेर
आफू महान बन्ने ।

५.

वैंस
जूनको मुस्कानमा
गुराँसको रंग ।

६.

सपनाको एउटा माला
विपनाको थुङ्गाहरु
भएर चुडिँयो ।

७.
बाँचेको देश
देशदेखि प्रदेशको कथा
रित्तो सपना ।

८.

आगोका फूल
मनका माझबाट
विद्रोह बोल्छन् ।

९.

भेंडाको हुल
महलमा सुस्ताउँछन्
पुल्ठो खोजौं न ?

१०.

नेताको थुप्रो
काम गर्नु छैन
भयो बेकार ।

११.

ठूलो समुन्द्र
नूनै नूनको पानी
भो क्रान्तिको परिवर्तन ।

१२.

परिवर्तन
निरङकूश शासन
पल्टा खान्छ अवश्य ।

१३.

मान्छेको बोली
आफैंलाई ढाट्छ
भरोसा कति ?

१४.

बेघर मान्छे
घरको सपना
घाट पुग्छन् ।

१५.

गरिबी बोली
एक गाँस र बास
पेटै कोपरयो ।

१६.

यो गान्तोक शहर
भ्रष्टाचारमा मान्छेत्व
भोग लिने गर्छन् ।

१७.

निक्कै नै चर्को
रित्ता परेलीभित्र
भोकको गीत ।

१८.

भावना ओडदै
भोकसँग बाँचेको
मेरो नम्रता ।

१९.

परिवर्तन
उपाख्यान श्रृङखला
हास्यव्यङ्ग्य ।

२०.

सप्रसंग व्याख्या गर
क्रान्ति, परिवर्तन, व्यवस्था
बेरोजगारी, मोर्चा, मर्चा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button