मन बन्द हुनेका लागि संसार बन्द छ

धिरज स्मृतिपवन
डोटी

गल्लीहरूमा पनि प्रचारप्रसार बन्द छ
भित्रभने हल्लाखल्ला छ, बजार बन्द छ

बासँघारीमा किन खाग सडिरहेको छ
के त्यहाँ सङ्ग्रहालयको द्वार बन्द छ

बहिनी ! बेचिएर कोठिमा पुगेकी छिन्
कुन बाटो लगे होलान भन्सार बन्द छ

आराम गर्दै होला बगरेको खुकुरी !
यो बधशालामा पनि काटमार बन्द छ

मात्र आँखा बन्द छन् दृष्टि नहुनेहरुका
मन बन्द हुनेका लागि, संसार बन्द छ


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button