
डरपोक त ती हुन्, जो प्रेम गर्दैनन्
अभिषेक रिसाल
डरपोक, कायर त ती हुन्, जो प्रेम गर्दैनन्
अरे,
हिम्मत चाइन्छ बर्बाद हुनलाई पनि
हिँडिरहेको त्यो बाटो छोड्नलाई पनि
राखेर अचानोमा हाँसेर रेट्दा
खुसी हुँदै मुस्कुराई सहनलाई पनि ।
हेर,
तिम्रो त पात्र थिए, कहानी थिएन
मेरो रात थियो तर बिहानी थिएन
सलाई कोरी आगो लगाई गएथ्यौ
प्रमाण दिन्थे दिलमा तर खरानी थिएन ।

भोका पेटहरु कठै भरी थिएन
मायाका ठेटहरु कतै बाँकी थिएन
पेट भरि खाए अफ्ठयारो भएछ
अघाउन्जेल खाने मेरो बनी थिएन ।
खोजेको त तिमीले डुबाउन नै थियो
स्वार्थको समुन्द्रमा धन्न पानी थिएन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)