कविताः हो, म हुन सकिनँ म

सविना सापकोटा

हुन सकिनँ म
एउटा स्वतन्त्र
र, स्वच्छ जीवन
सुन्दर सपना
शान्त तलाउमा रमाएर बसिरहेकी म
कहिलेदेखि
मिसावट र प्रदुषित वातावरणमा होमिएँ ?
थाह पाउनै सकिनँ
प्रश्नहरु यसरी अगाडि पर्छन् कि
पाखा लगाउन धौधौ

ती दुषित हावाहरुले
मेरो निधारमा गरेको पहिलो स्पर्श
अझै पनि ताजा लाग्छ
हावासँगै आएको त्यो सानो बालुवाको कण
अझै पनि निधारको टिका लगाउने ठाउँमा अड्किरहेको छ

आफ्नो दुनियाँको ढोकाबाट
टाउको मात्र बाहिर निकालेकी थिएँ
त्यही बेला हो, बालुवाको कणले
चसक्क पारेर केही बेर नमज्जाले रन्थनिएको पनि
र, ढोका लगाएर भित्रै बसिरहेँ
हुरी जोडजोडले ढोका ठोकिरहेको थियो
ठूलो आवाजमा रोइरहेको जस्तो
पश्चातापमा विलाप गरेको जस्तो

सायद हुरी एक्लै छ
मसगँ बोल्न चाहन्छ
रमाउन चाहन्छ र खेल्न
या उसको दुनियाँ देखाउन चाहन्छ
अनि म बाहिर निस्कँदा देखेँ
ऊ कत्ति खुशी आहा !
मन त्यसै फुरुङ्ग

निधारमा चस्किरहेको कण पनि शान्त थियो
हुरीसँग आएका फलपूmल
पातपतिङ्र
किराफट््याङ्ग्रा
ढुङ्गामाटो
सबै प्यारा भए

वालुवाका कणले घोच्दै जान्थे
फुलहरुले मल्हम लगाउँथे
एक्कासी बर्षा शूरु भयो,
मैलै पत्तै पाइनँ, हुरी त हराइसकेछ
थाहा भयो हुरी त हुरी रहेछ
आज आउँछ, भोलि जान्छ

सबै सामान्य थिए
सबैका लागि उस्तै थिए
उसका रुवाई, उसका दुखाई
अन्तिममा थाहा भयो
या थाहै नपाइ अन्त्य भयो
तैपनि चिच्याएर रुन सकिनँ
र, त म आज म हुन सकिनँ ।


(प्रिय साथी ! तिमी पनि सविनाले जस्तै कविता, कथा, निबन्ध, चित्र वा अन्य कुनै रचना नेपालनाम्चामा पठाउ है । रचना पठाउने इमेल nepalnamcha@gmail.com हो ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button