कविताः तेजाब

साबित्री गिरी

तिमीले बाटोमा हिँड्दा जिस्काएको
मलाई हेरी हेरी एक्लै मस्किएको
म एक्लै हिड्दा मेरो हात समाएको
मेरो पछिपछि लागि तनाब दिएको
यो सबै सँहदा सँहदै
मौन बसी हिड्दा हिड्दै
तिमीले मेरो रुप कुुरुप पारिदियौ
मौनताको परिणाम तेजाब खन्याइदियौ ।

अहिले म अस्पतालको बेडमा बसेर
सुुन्दरता खोजिरहेकी छुु
मेरा सुन्दर सपनाहरुमा
तुुषारोको आभाषहरु गरिरहेकी छुु
तिमीले गलत नजरले हेर्दा मैले नहाँसेको भए
तिम्राबिरुद्ध समाजमा स्वरहरु चर्काएको भए
तिम्रो कुुरुरता मौलाउँदै जाने थिएन
तिम्रा बासनाले असर गर्ने थिएन ।

आज मेरो मौनताले समाज डराएको छ
समानताका लागि नारा घन्काएको छ ।
साँच्चै,
तिम्राबिरुद्ध म बोलेको भए
कानुुनसम्मत सजायँ सुुनाएको भए
आज मेरा आँखाहरु भिज्ने थिएनन्
मेरो सपनाहरु उजाड हुुने थिएनन् ।


(प्रिय साथी !
तपाईं पनि साबित्रीजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button