कविताः म प्राइभेट स्कुलको शिक्षक

उत्तरा एल. पि.

म प्राइभेट स्कुलको शिक्षक
मलाई शिक्षक हुनुमा गर्व लाग्छ
अनि खुशी पनि
म स्वच्छता, स्पस्टता, इमान्दारिता, मिहिनेत,
योग्यता, दक्षता अनि कर्तब्यनिस्टतामा भर पर्छु
म अध्ययनशील छु
मैले शिक्षा दिनुमा कुनै कन्जुस्यार्इं गरेको छैन
मेरा विद्यार्थीहरू देशका मेरुदण्ड हुन्
अनि भविश्यका कर्णधार पनि
मैले देखाएका मार्गहरू अब्बल, उज्याला अनि निस्चित छन्
म निरन्तरता, कर्मशीलता, शुद्धता, एकता
अनि समानतामा विश्वाश गर्छु

तर,
अहिले विश्व महामारीले आक्रान्त छ
म पनि त्यसबाट विचलित भएको छु
म दुखित छु
मलाई फरक नजरले हेरिएको छ
मलाई वेवास्ता गरिएको छ
म अछुत, अर्को जाति जस्तै
कुरामा मात्रै समान, व्यवहारमा अझै विभेद
लकडाउन भएको पाँचौं महिनाको रफ्तारमा लाग्दै गर्दा
म बेरोजगार या रोजगार हुँ ? कन्फ्युजमा छु
सरकारले मलाई केहीको ठानेको छैन
न राहत न त कार्य गर्ने बाटो नै
रनभुल्लमा छु

म प्राइभेट स्कुलको शिक्षक
अब मेरो चुलो निभ्न लागेको छ
मेरो वासस्थान खोसिन लागेको छ
मेरा सोचाइका महलहरू भौतारिदै भत्किने
अनि बन्ने क्रममा छन यताउति
मेरा आवाजहरू सुनुवाई भएको छैन
म कुन कुरामा चुकेको छु र ?
मेरा प्रोडक्टहरूले देश अनि विश्व हाँक्न सक्छन्
म विस्वस्त छु

म प्राइभेट स्कुलको शिक्षक
मेरो मानसिक स्थिति हलचल भएको छ
मेरो आत्मसम्मानमा ठेस पुगेको छ
म् भित्रभित्रै जलिरहेको छु
सोचाइका पहाडहरू ममा ढल्दै छन्
मेरो स्वास्थ्य, शारीरिक अनि मानसिक ब्यालेन्सको बारेमा सोच्दै छु
मलाई गरिएको व्यवहारको उचित निकाश अनि विकल्प खोज्दै छु
म प्राइभेट स्कुलको शिक्षक
मलाई शिक्षक हुनुमा गर्व लाग्छ
अनि खुशी पनि ।

(प्रिय साथी !
तपाईं पनि उत्तराजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । तपाईंकै लागि हो कलाक्याफे । र, nepalnamcha@gmail.com कलाक्याफेको इमेल । सम्पादक)

2 Comments

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button