कविताः देशविहीन देश
पुरु लम्साल
आजसम्म जेजे भएको छ
तिम्रै कारण भएको छ
तिमीले हाम्रो बस्तीमा आगो झोस्यौ
र
देखायौ रक्तिम सगरको सपना
जहाँ हाम्रै आँखाअगाडि भस्मीभूत भए
हाम्रा झुपडीहरू
हामी त्यसै दिनदेखि घरबारविहीन छौँ ।
तिमीले हरिया फाँटहरूलाई बगर बनायौ
र
खेल्न लगायौ आक्रोशको परेड
जहाँ पसिना रोपेर उमारेका थियौँ
थोरैथोरै खुसीहरू
हामी त्यसै दिनदेखि गाँसविहीन छौँ ।
तिमीले कलिला हातहरूमा बन्दुक थमायौ
र
लगायौ आफ्नाहरूमाथि प्रहार गर्न
जहाँ
हाम्रै बाबुनानीहरू टुहुरा भए
हामी त्यसै दिनदेखि आफन्तविहीन छौँ
बनायौँ,
तर घर भन्न पाएनौँ
उब्जायौँ,
तर भोक भन्न पाएनौँ
मारियौँ, म¥यौँ
तर, देश भन्न पाएनौँ
खै कहाँ लेखियो
हाम्रो वीरता कथा ?
कता छुट्यो
हाम्रो सपनाको दस्ताबेज ?
च्यापेर जमिनविनाको लालपूर्जा
भिरेर पहिचानविनाको नागरिकता
बोकेर अलिखित बलिदान
शहर आएका छौँ ।
कुनै दिन
तिमीले खेदेको
त्यही देश खोज्न भनेर
कमरेड,
आज तिमीले भन्नै पर्छ
खै कहाँ छ मेरोे देश ?
बर्तमान समाज र देशकाे कुरुप चित्र । दमदमर कविता
thank you
dammi dammi
दमदार कविता
superb poem mr puru lamsal
thank you so much sumina
কবিতাটি খুব ভাল পুরু
The poem is very good puru
thank you so much saina