आमाबाको काख छाडी विद्यालय आएँ, माया, ममता, हौसला दिने गुरु साथमा पाएँ

प्रियाम्सु पुडासैनी
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु आवास, काठमाडौं ।

आमा-बाबाको काख छाडी जब विद्यालय आएँ,
माया, ममता, हौसला दिने गुरुहरु साथमा पाएँ ।

जुन दिनदेखि कलम समाई क-ख लेख्न आयो,
त्यही दिनको सुरुवातले जीवनमा खुसी छायो ।

विद्यालयमा रहँदासम्म महसुस भएन एक्लोपन,
पढ्दै, खेल्दै, रमाउँदै बित्यो मेरो बालापन ।

सिकाउनुभयो असल काम, सुधार्नु भयो गल्ती,
भरिदिनुभयो गुणैगुणले जीवनको यो खल्ती ।

बाँढ्नुभयो अजर ज्ञान, थाक्नुभएन कहिल्यै,
हामी विद्यार्थीकै निम्ति खट्नुभयो जहिल्यै ।

हिँडाउनुभयो हात समाई सधैं असल बाटोमा,
हौसला दिनुभयो केही गर्न आफ्नै देशको माटोमा ।

मन्दिरजस्तो विद्यालयमा हजुर नै ठुला देवता,
विद्यार्थी सबै एकसमान भएन कहिल्यै भिन्नता ।

मलाई शिक्षित बनाउने हजुरहरु मेरा भगवान,
हजुरहरुको शक्तिसामु कोही छैन बलवान ।

कति महान हजुरको मन, कति ठूलो छाती,
हजुर उभिनु भएको स्थान सर्वोच्च शिखरभन्दा माथि ।

झुक्नु नपरोस् कसै सामु, नहोस् जिन्दगी वर्वाद,
सदा रहोस् यो शिरमाथि हजुरकै अमुल्य आशिर्वाद ।

हजुरहरुको आजिवन मेहेनत कहिल्यै फाल्दिन खेर,
अघि बढिरहन्छु म निरन्तर कहिल्यै पछि नहटेर ।

हजुरकै साथका कारण गर्नसकेँ हरेक बाधाको सामना,
यहाँहरु सम्पुर्णलाई गुरुपुर्णिामाको लाखौंलाख शुभकामना ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button