लाङटाङः काठ बोकिरहेका ओखलढुँगाका छेपालले भने, ‘सबैभन्दा गाह्रो काम काठ बोक्न’

अशोक सिलवाल
लाङटाङ, रसुवा

रिभरसाइडभन्दा अलिमाथि, घोडातबेलाभन्दा अलि तल । हो, ठिक त्यहीँनेर भेटेको छेपाल शेर्पालाई । काठ बोकेर लाङटाङ उक्लिरहेका शेर्पाको घर ओखलढुँगाको पात्ले हो ।

‘उताभन्दा यता राम्रो कमाई हुन्छ’, शेर्पाले भने, ‘हाम्रोतिरका धेरै साथी यता काम गर्छन् ।’

‘जिन्दगीमा सबैभन्दा गाह्रो काम काठ बोक्न’ काठ बोकिरहेका शेर्पाले थपे, ‘बालुवा तान्न अलि सजिलोे हुन्थ्यो ।’

‘घर बनाउँदा लागेको डेढ लाख जति ऋण छ’, उनले सुनाए, ‘ऋण तिरेपछि मिस्त्री काम गर्ने । ट्रेकिङ जाने ।’

‘रमाइलो पनि छ । दुख पनि छ’, छुट्टिनुअघि उनले भने ‘दुख नगरी सुख पाउँदैन ।’

बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button