
गृहस्थ स्वामी अशोकानन्दको श्री नाथ लुम्बिनी यात्रा
भरत शर्मा
प्रिय सम्पादक, मित्र अशोक सिलवाल नमस्कार !
तपाई अहिले श्री पशुुपतिनाथदेखि लुम्बिनी मायादेवीसम्मको यात्रामा हुुनुुहुन्छ । यात्रामा निस्कदा तपाई निकै खुसी र उत्साहित भएको अनुहार देखेको थिए । हिजोमात्र तपाईले फेसबुकमा काठमाडौंदेखि नारायणगढसम्म पुुग्नुु भएका सबै विवरण पेश गर्नुभएको छ । तपाईका प्रियजनहरु हामीले तपाईको यो यात्रा जारी छ भन्ने जानकारी हरेक दिन पाएकैं छौं ।
अब,नारायणगढदेखि लुम्बिनीसम्मको यात्रा सुखद् रहोस् । हामी प्रियजनहरुको तर्फबाट ह््दयदेखि शुभकामना छँदैछ । यो यात्रामा हामी पनि साथमा छौं, तर भौतिकरुपमा साथमा नभएपनि हामी सबैको माया र सद्भाव लिएर तपाई यात्रामा निस्कनुु भएको तपाईलाई पनि थाहा छ ।
म पनि चीनबाट आकाश मार्गबाट हिमाल दर्शन गर्दै देवभूमि पशुुपतिनाथ नगरीको काठमाडौं खाल्टोमा आएको छु । संयोग र अवसर भनौं गत सोमबार तपाईको यात्राको शुुभारम्भ यात्रामा पशुपतिनाथमा सहभागी हुने अवसर प्राप्त भएको थियो । यात्राको शुरुवात श्रीको दर्शन गरेर पशुुपतिबाट गर्नुपर्छ भन्ने सल्लाह दिने तपाईको एक सल्लाहकार हुने अवसर दिनुुभएकोमा हद्यदेखि आभार ।
मेरा प्रिय नेपालनाम्चाका नियमित पाठकहरुलाई चीनबाट नमस्कार कोलममा हरेक शनिबार चीनमा बसेर चीन नेपालका बारेमा अनुुभव र अनुुभूति लेख्दै र सुनाउँदै आएका थिए । अब यतिखेर नेपालमा छुु, नेपालबाट नमस्कार भन्ने कि भन्दा त्यो अलि नमिल्दो हुने लाग्यो । नेपाल आएपछि केही समय नलेख्ने कि भन्ने सोच पनि थिए । तर, यो पनि एउटा लत भनिसकेछ । एक सातामा केही नलेख्दा मनभित्र अनेक कुरा गुम्सिएर आफैलाई हानी हुने देखे । त्यसैंले सम्पादकज्यू केही त लेख्नुु पर्छ भनेर मेरो जिद्दीपनलाई तपाईले स्वीकार गर्नु भयो । चीनबाट नमस्कार कोलममा नेपालमा बसेर लेख्दैछु ।
यतिबेला चीनका कुरा भन्दा पनि नेपालका कुरा रोचक छन् । इतिहासमा सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काग्रेस भित्र दुुई गुट बनेको छ । युवा नेता गगन थापा सभापति भएको खबरले जेनजी पुस्ताहरु खुसी भएका छन् । तर, पद, सत्ताका पुराना प्यालाहरुलाई छटपटी भएको हुनसक्छ । जेनजी आन्दोलनपछि घोषणा भएको आम निर्वाचनको तयारी ब्यापक हुँदैछ । आगामी फागुन २१ गते आम निर्वाचन हुनेछ । जनताले कसलाई भोट दिएर सत्ताका शक्ति दिने हुन, जनताले नैं निर्णय गर्नेछन् । यति चाहिँ पक्का हो, गणतन्त्रपछि सत्ताको स्वाद लिएका, गणतन्त्रको नाममा बदमानी कमाएका नेताहरुलाई पाखा लगाउने यो अवसर जनतालाई नैं छ ।
राजनीति यस्तै हो, चलिरहन्छ । काठमाडौंको मौसम विहान र बेलुका बाहेक दिउँसोको समयमा चिसो हटदै गएको छ । माघे संक्रान्तिको पर्व पनि रमाइलो गरी मनाइयो । नेपालको आदिप्रयाग देवघाटधाममा माघ महिनाभरी स्नान गर्ने धार्मिक मान्यता छ । नेपालीहरुको सबैभन्दा ठूलो तीर्थस्थानको संगम भनेको देवघाट हो । यात्रामा निस्कनुु भएका मित्र अशोकजी तपाईले पनि देवघाटमा स्नान गर्नुभयो नि ?
यो प्रश्न सोध्न आवश्यक थिएन, किनकी तपाईले देवघाट यात्रापछि ढुुंगा मार्फत नदीमा शयर गरेको तस्वीर फेसबुकमा पोष्ट गर्नुभएको थियो ।
नेपालका चोक चोकमा, चिया पसलमा, कफी शपमा, साथीभाइ भेटहुँदा केवल राजनीतिक कुरामात्र हुने गर्दछ । म चाहिँ राजनीनिक कुरा भन्दा आफ्ना र समाजका कुरा गर्न चाहन्छु । जेनजी आन्दोलनपछि चुनावमा केन्द्रित देशमा अब नेता कसलाई चुन्ने, अबको राजनीतिक यात्रा कस्तो होला भन्ने चासो आम रुपमा बढ्दो छ ।
ठीकैं छ, राजनीति नैं देशको राज्य सञ्चालन र देश विकासको यात्राको पहिलो खुुडकिलो हो ? जेनजी युवाले भष्टाचार र सुशासनका लागि आन्दोलन गरे ? आन्दोलनमा ध्वम्स र विध्वम्स समेत भयो । जे भयो, अब विगत तिर होइन भविष्यमा अब के गर्ने भन्ने सोच्नुु राम्रो होला । जनताले अब युवा र देशमा केही गछौं भन्ने नेतृत्वलाई चयन गरिदिनुु भए राम्रो भन्ने आम जनताको चासो र चिन्ता यही हो ।
मित्र सम्पादक अशोक प्यारा…
यात्रामा तपाईले आफ्नो स्वास्थ्यमा खाल गर्नुहोस् । अब नारायणगढदेखि लुम्बिनीसम्म यात्रा गर्दा चारदेखि पाँचदिन लाग्छ, होला । लुम्बिनीदेखि काठमाडौंसम्म बुद्ध एअरमार्फत आकाश मार्ग भएर आउने तपाईको योजनाअनुसार हामी त्रिभुवन विमानस्थलामा स्वागतमा सहभागी हुनेछौं, त्यसपछि तपाई पशुपतिनाथ दर्शन गरेर यात्रा समापन हुनेछ । यात्राले ब्यक्तिलाई सवल, समक्ष र युवा बनाउँछ । यात्राका अनुुभवले जिन्दगीलाई अनेक पाठ सिकाउँछ, यात्राले पढ्न, लेख्न, बोल्न र सुन्न सिकाउँछ । हाम्रा चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष हुन । यि चारै कुरा हामीले यात्राबाट पाउँन सक्छौं ।
तपाई जीवनको मोक्ष यात्रामा निस्कनुु भएको छ । तपाई लहडी स्वभाव भएको गृहस्थ सन्त हो । छोरा, छोरी र परिवार भन्दा पनि प्रकृति र यात्रालाई माया गर्ने तपाईको स्वभाव देख्छु । तपाई अर्को जन्ममा मानिस भएर जन्मनुु भयो भने तपाई सन्त समाजको सदस्य बन्नुुहुनेछ अर्थात् तपाई ज्ञानी साधुु बनेर देश र विदेश विचरण गर्नुहुनेछ भन्ने कुरा हिजो राति सपनामा मैले देखेको हो ।
म सधैजसो सपना देख्दिन तर देखेको सपना प्रायःजसो साकार भएको अनुुभव गरेको छु । यो सपना पनि साकार होस्, अर्को जन्ममा स्वामी अशोकानन्द महाराजको पदवी तपाईलाई मिलोस्।
हाम्रो सनातन धर्ममा हिन्दुु र बौद्ध धर्ममा कुनै विभेद छैन । पशुपतिनाथ र लुम्बिनीलाई जोडने यो तपाईको यात्राले निकै ठूलो सन्देश दिएको छ । त्यो पनि बुद्धको अन्तिम सूत्र वाक्य अप्प दीपो भवः आफ्नो उज्यालो यात्राको वत्ती आफैले बाल्ने हो भन्ने सन्देश बोकेर हिँडनुु भएको छ । यो वाक्य र त्यो यात्राबारे अहिले खासै चर्चा परिचर्चा नहोला तर इतिहासमा यो यात्राको बारेमा विस्तृृत इतिहास बन्नेछ ।
तपाईको यात्राबारे चासो र चिन्ता राख्नेहरु धेरै छन् । हद्यभरी प्रियजनहरुको माया र बल बोकेर हिँडनुुभएको यो यात्रा विवरण डायरीमा लेख्न भुुल्नुु भएको छैन नि ? तपाईको यात्रा विवरण हामी कैलाश डाँडा र रानीवनको कफी क्याफेमा बसेर सुन्नेछौं ।
कैलाश डाँडामा अर्को साता नै तपाईको प्रवचन हुनेछ । र, रानीवन अदालतका माननीय अस्टेलियाबाट फर्केपछि कफी क्याफेमा हामी तीन भाइ भेटमा यात्राको ब्याख्यात्मक समालोचनात्मक टिप्पणी हुनेछ ।
र, अर्को साता शनिबार काठमाडौंमा भेटौला ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

