म मादल हो भने आमा तिमी मेरो खरी

मेरी आमा महान

आयुष्मा पंगेनी
कक्षा ६
छोरेपाटन माध्यमिक विद्यालय

आफूले पेट भोको राखी हाम्राे पेट भरिदियाै
मेरे निम्ति तिमीले दुख संघर्ष गरिदियाै । बल्ल बल्ल पुग्थ्यो विहानी बेलुकीकाे छाक
मेरै कारण कति ठाउँमा काट्याै होला नाक ।

गाली बढी गर्याै तर तिम्रो माया अजम्बरी, शनिबार के को बिदा अहोरात्र काम गरी ।
न त आउँथ्यो दशैं तिहार न आउँथ्यो होली
म मादल हो भने आमा तिमी मेरो खरी ।

मैले काम गरिरहन्छु काम बाबु तैंले पढ्दे
सङ्‌घर्षकाे यात्रालाई नथाकी पार गर्दे । भविष्यमा सफलताको शिखरलाई चुम्दे पीडा राखी मनभित्र सबै सामु हाँस्दे ।

तिमीले व्यथा देख्याै भने सपना साकार पार्छाै
ज्ञानी होउ, सफताले सबलाई यहाँ मार्छाै ।
राम्रो दिन आउँछन् अहिले गुन्र्दुकले नै टार्छु
केही बर्ष पर्ख आमा,खुशीले घर भर्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button