महिलाको संस्कार खोज्ने समाज पुरुषलाई संस्कारको प्रश्न किन गर्दैन ?

हिमाल र ह्रदय अनि यात्रा र यात्रीको गीत गाउँदै तपाईंको आत्मालाई स्पर्श गर्ने यो किताब यदि पढ्न चाहनुहुन्छ भने 9841391555 मा सीधै वा यही नम्बरको वाट्सअपमा वा इमेल ashoksilwal@gmail.com मा सम्पर्क गर्नुहोला । धन्यवाद ।

मिरा के.सी., तिलोत्तमा क्याम्पस, रुपन्देही

हाम्रो नेपाली समाजमा प्रायः महिलाहरूको पहिचान “संस्कार ” सँग जोडिएको हुन्छ । छोरीको बोली ,छोरीको हिँडाई,छोरीको बसाई ,छोरीको कपड़ा ,छोरीको मित्रता इत्यादि सबै कुरा समाजले संस्कारसँग जोडेर मापन गरिरहेको हुन्छ । यतिबेला प्रश्न उठ्छ की यो समाजमा पुरुषको संस्कार कसैले किन खोज्दैन ? समजका लागि महिला मात्र संस्कारी हुनुपर्ने हो ?

बालक अवस्थादेखि नै छोरीलाई यो नगर , त्यो नगर , यो लगाऊ, त्यो नलगाऊ, यसरी बोल, त्यसरी नबोल भनेर सिकाउने गरिन्छ । घरको इज्जत जोगाउने हो भने छोरीले कस्तो बनेर देखाउनु पर्ने हो ? विवाहमा दान दक्षिणा दिए जस्तै छोरीलाई अर्काको घर पठाइ यो समाजले महिलाको संस्कारमा मात्रै किन चासो देखाउँछ ? तर अर्को तर्फ छोराले देखाएको घमण्ड, घरेलुु हिंसा र गैरजिम्मेवारी व्यवहारलाइ ऊ त छोरा मान्छे हो भनी बेवास्ता गरिन्छ । यही चारित्रिक व्यवहार हाम्रो मानसपटलमा गहिरोसँग जरा गाडेर बसेको छ।

महिलाले गलत काम गरेमा परिवारको इज्जत जाने तर त्येहि गलत काम पुरुषले गरेमा “मर्दले गर्छ” भनी समान्य सोच बनाइन्छ । पिडक महिलामाथि उसको नैतिकता ,पहिरन र संगतमा प्रश्न उठाउने गरिन्छ । समाजका यी व्यवहारहरुले महिलाको स्वतन्त्रता,आत्मविश्वास र आत्मसम्मानलाई दबाइरहेको देखिन्छ । के समाजले अझैपनि महिलालाई संस्कारको नापतौलबाट मात्रै मूल्याकंन गर्छ त?

महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । दुवैले नैतिकता,सदाचार र जिम्मेवारी समान तरिकाले निभाउनु पर्छ । संस्कार कुनै एक लिङ्गको सम्पत्ति होइन, यो मानवताको पहिचान हो।वर्तमान समयमा संस्कारको कुरा महिलामाथि मात्र गरिरहँदा महिला हिंसाका तमाम घटनाहरू घटेका छन् । महिला हिंसा र बलात्कारका श्रृङ्खलाबद्ध घटनाहरू घट्नुको पछाडी पुरुष संस्कार जिम्मेवार देखिन्छ । संस्कारजन्य कुराहरू ,सम्मान दिने कुराहरू नसिकायकै कारण यस्ता घटना गरेका देखिन्छन् ।

अब समय फेरिसकेको छ । महिलाको संस्कार मात्रै होइन ,पुरुषको संस्कार पनि त्यतिकै महत्वपुर्ण छ । छोरीलाई जति सिकाउने गरिन्छ, छोरालाई पनि त्यति नै सिकाउने काम गर्नुपर्छ । समानता विना समृद्धि सम्भव छैन भन्ने सबैले बुझ्न जरुरी छ ।

त्यसकारण, हामी सबैले आजैदेखि सोच बदल्ने काम गरौँ!!

संस्कार खोज्ने हो भने दुवैलाई बराबरी रूपमा खोज्ने हिम्मत राखौँ!

नेपाली समाजलाई सजग बनाउन दुवैलाई समान रूपमा जिम्मेवार बनाउन प्रयास गरौँ !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button