
साइकलैबाट नाम, दाम र काम पाएको छु

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ साइकलमा साइक्लिस्ट लक्ष्मी श्रेष्ठ ।
साइकल चलाउन थाल्नुको पहिलो कारण के थियो ? आवश्यकता, रहर कि स्वास्थ्य ?
रहर ।
आजको जीवनशैलीमा साइकलको महत्व तपाईं कसरी देख्नुहुन्छ ?
स्वस्थ र स्फुर्त रहन अनि जाम र महङ्गो इन्धनखर्चबाट बच्न ।
साइकल चलाउँदा तपाईंले पाउने सबैभन्दा ठूलो मजा के हो ?
प्रकृतिको नयाँ नयाँ ठाउँ घुम्न जान पाइन्छ र विभिन्न ठाउँको साथी बनाउन पाइन्छ ।
पहिलो साइकलयात्राको अनुभव कस्तो थियो ? अझै सम्झनलायक छ ?
जिन्दगीमा खुल्ला आकशमुनि स्वतन्त्र भएको महसुस गरेँ । खास भन्नुपर्दा स्वर्गमा गएको अनुभव गरेँ । त्यो दिन सारै खुशी भएको थिएँ ।
साइकलयात्राका लागि तपाईंलाई सबैभन्दा मन पर्ने ठाउँ कुन हो र किन ?
साइकल यात्राको लागि मलाई सारै मन परेको ठाउँ हाम्रै ललितपुरको मच्छिन्द्रबहाल र जावलाखेल हो, जुन मैले महिला दिदीबहिनीहरुलाई सिकाउने अभियान सुरु गरेको ठाउँ पनि हो । आज हजारौं महिला दिदीबहिनीहरु घरबाट बाहिर आउन सक्षम भै सडकमा साइकल गुडाउन सक्ने भएका छन् ।

साइकललाई जीवनसँग तुलना गर्नुपर्दा, तपाईंका लागि यसको अर्थ के हुन्छ ?
साइकलले गर्दा मेरो जीवन नै कोल्टे फेरेको छ । स्वस्थ र स्वतन्त्र भएको छु । नाम, दाम र काम पाएको छु ।
नयाँ पुस्तालाई साइकल चलाउन प्रेरित गर्न चाहनुहुने एक सन्देश के होला ?
यदि स्वस्थ जीवन जिउने हो भने साइकल चढौँ भन्ने अभियानलाई लिएर टोलटोलका महिला समुह मात्र नभै, स्कुलस्कुलमा विद्यार्थीहरुलाई साइकल सिकाउन गैरहेको छु । जय साइकल !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



