नरेन्द्र मोदीले नेपालमाथि नाकाबन्दी गरेपछि म पुनः साइकलमा फर्किएँ

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ साइकलमा साइक्लिस्ट सतीश निरौला

साइकल चलाउन थाल्नुको पहिलो कारण के थियो ? आवश्यकता, रहर कि स्वास्थ्य ?
मैले साइकल कक्षा ६ देखि आइ ए पढ्दासम्म निरन्तर रूपमा दैनिक चलाएँ, २०५६ पछि नियमित साइकल चलाउन छाडेँ । । जब सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल माथि नाकाबन्दी गरे, त्यसपछि म ‘रिसाइकल’ अर्थात पुनः साइकलमा फर्किएँ । पुनः साइकलमा फर्किनुको मुल कारण थियो नाकाबन्दीलाई जवाफ कि पेट्रोल बिना पनि हामी बाच्छौ भन्ने सन्देश दिनु । योसङ्गै नेपालगन्जमा पनि माउन्टेन बाइकिङ्गको उभार आयो अनि आफू पनि बिस्तारै बिस्तारै यसमा रमाउन थालियो ।

आजको जीवनशैलीमा साइकलको महत्व तपाईं कसरी देख्नुहुन्छ ?
अहिलेको हाम्रो जिवनशैली र दैनिकी हेर्दा साइकलको अति नै महत्त्व छ । पहिला पहिला हाम्रो जिवनशैली खेतबारीसङ्ग जोडिएको थियो, अब त्यो टुट्यो, गाउँ पनि शहरउन्मुख हुँदै जादा माटोसङ्गको सम्बन्ध पनि छुट्यो, अब पसिना बगाउन पनि साइकल अनिवार्य छ ।

साइकल चलाउँदा तपाईंले पाउने सबैभन्दा ठूलो मजा के हो ?
स्वच्छ्न्दता हो, मगनमस्त हुँदै रम्दै साइकलमा डुल्नुको मज्जा डुल्नेले मात्रै थाहा पाउछ ।

पहिलो साइकलयात्राको अनुभव कस्तो थियो ? अझै सम्झन लायक छ ?
साइकलमा रम्न थालीसकेपछी थुप्रै अनुभव छन् पहिलोपटक सतक यात्रा अर्थात १०० किलोमिटर साइकल यात्रा नेपालगन्जदेखी भारतीय शहर बहराइच हुँदै श्रावस्तीसम्मको यात्रा, २०१८ को हेटौंडा कोरा, सुदुरपस्चिम साइकल यात्रामा ” भासुकोभिर” उक्लिदा को मज्जा, महेन्द्रनगर देखी भारतको चर्चित पर्यटकीय शहर नैनिताल जादा ज्यालिकोट देखी नैनितालसम्मको कठिन ३५ किलोमीटरको ठाडो उकालो, सुर्खेत-रारातालसम्म्को ५ दिने साइकल यात्रा, भारतकै प्रसिद्ध पर्यटकीय ठाउँ काश्मिरमा ३०० किलोमिटरको साइकल यात्रा, नेपालगन्ज-ठाकुरद्वारा साइकल यात्रा, दाङ भ्याली साइकलमा घुम्दाको मज्जा, भैरहवामा लुम्बिनी क्षेत्रमा साइकल बिशेष स्मरणीय छन् । अझै मैले अर्का साइकल यात्री रमेशकुमार मल्लसङ्ग साझेदारी गर्दै महाकालीको कुतियाकभरदेखी मेचीको कचनाकेवल सम्मको १११५ किलोमीटर साइकल यात्रा १२ दिनमा टेन्डम साइकलमार्फत सन् २०२४ मा पुरा गरे, जुन मेरो साइकले जिवनको सबैभन्दा ठुलो र महत्त्वपूर्ण उपलब्धि हो । हामी नेपालमा महाकाली-मेची साइकल यात्रा पुरा गर्ने पहिलो नेपाली साइकल यात्री बन्न पाएको उपलब्धि सधैं बिशेष रहनेछ ।

साइकलले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा के–कस्ता परिवर्तन ल्यायो ?
साइकल यात्रा मानसिक र शारीरिक स्वास्थ दुबैका लागी महत्त्वपूर्ण रहेको मेरो अनुभव छ ।

नेपालमा साइकलमैत्री वातावरण कति छ जस्तो लाग्छ ? के-के सुधार आवश्यक छन् ?
नेपालमा साइकलमैत्री वातावरण शुन्य बराबर नै छ, साइकल चढ्नेहरुलाई मोटरसाइकल/कार/मोटर चढ्नेहरुले हेप्छ्न । अझै साइकलप्रती हेर्ने दृष्टिकोण बदलिएको छैन । साइकलमैत्री सडक पनि छैनन्, धेरै चुनौतीपूर्ण छ ।

साइकल चलाउँदा भोगेको कुनै रमाइलो, चुनौतीपूर्ण वा प्रेरणादायी घटना साझा गर्न चाहनुहुन्छ ?
साइकल यात्रामा भोगेको रमाइलो अनुभुती, जब म महाकाली मेची टेन्डम साइकल यात्रामा थिए, कैलालीमा केटाकेटी दगुर्दै आएर ओइ खैरे गिभ मि फाइभ डलर भन्दै आए, हामी हास्दै हात हल्लाएर पाइडल मार्दै अगाडि बढियो ।

साइकलयात्राका लागि तपाईंलाई सबैभन्दा मन पर्ने ठाउँ कुन हो र किन ?
साइकल यात्राको लागि कर्णाली प्रदेशका सबै भुभाग निकै रोमाञ्चक र मजेदार छन्, साइकल पर्यटनलाई बिकास गरे कर्णाली प्रदेशको मुहार बदलिन सक्छ ।

साइकललाई जीवनसँग तुलना गर्नुपर्दा, तपाईंका लागि यसको अर्थ के हुन्छ ?
साइकल कुदाउदा जसरी ब्रेक/पाइडल र पाङ्ग्रा र गेयरको सन्तुलन मिलाउन जरुरी छ, त्यसैगरी मानिसको जीवन पनि आर्थिक/नैतिक र शारीरिक तथा मानसिक सन्तुलन कायम गर्न आवश्यक छ।

नयाँ पुस्तालाई साइकल चलाउन प्रेरित गर्न चाहनुहुने एक सन्देश के होला ?
साइकल चढ्नु भनेको सानू हुनु होईन, साइकल चढ्नु गरिबीको संकेत होईन, दैनिक जिवनमा १/२ घन्टा मात्रै पनि साइकल चढ्नसके यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक योगदान दिनेछ । अझ साइकलमै देशाटन गरे नजिकैबाट हाम्रो देश र माटोलाई चिन्ने अवसर मिल्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button