
तीजः जुन बनेकी आमालाई पत्र
लक्ष्मी बडाल
हरेक बर्ष यो तिज आउँछ यो मनमा चटयाङ् हान्छ आमा तिम्रो यादमा मनले सम्झि सम्झि तिम्रो कल्पनागर्छ अनि आमा आमा भनेर चिच्याउँने गर्छु !आफ्नै मनलाई धिक्कारेर तिम्रो बाटो हेर्ने गर्छु !तिमीले छोरी तिज आयो आउँहै भनेको आवाज मोबाइलमा कल आउँछकी जस्तो लागेर !
तर शुन्यता पाउँछु अहँ तिम्रो आवाज भने आएन आमा हो अब तिम्रो आवाज मेरो मोबाइलमा कहिल्यै आउँदैन अब म मेरो मनलाई कति जित्नेगर्छु पक्कै मेरो आमाको आवाज आउँछ भनेर !मलाई मेरि आमाले बोलाउने नाम बुइनी हो आमा जहिले बुइनी भन्नु हुन्थियो आजकल त्यो बुइनी भन्ने शब्द हरायो यो आमा प्रतिको न्यानो शब्द थियो अहिले यो मेरि आमालाई म आकाशमाथीको जुन हेर्दै यो मार्मिकपत्र आमा तिमीलाई लेखिरहेकी छु धुरु धुरु आँखाबाट आँसु खसाल्दै !
कति सम्झ्ना आएको छ आमा मलाई तिम्रो घरीघरी यो मुटु दुखेर कति अत्यास लागेको छ तिम्रो सम्झ्नाले! चसक्क कता कता बिझे झै गरेर बर्षाको पानी भन्दा पनि बढि आँखामा आँसु खसेर सम्झिदै तिमी आउँछौकी भनेर दोबाटो कुर्दै तर मलाई जहिले तिमी आउँने पर्खाइलाई यो दोबाटोले टारिदिन्छ !
आमा के गर्नु, आमा म तिमीलाई कति झ्यालबाट च्याउँछु मायाले मेरी आमा मलाई तिजमा लिन आउछिन् की कतै लुरुलुरु भनेर !
आमा म कति टोलिरहेकी छु तिमीले मलाई तिजमा लिन पठाउँछौकी भन्दै मक्खपरेर सुटुक्क बाहिरबाट हेर्छु !तर आमा कोहि लिन पठाएनौ यो मेरो भ्रममात्र रहेछ तिमी आउने र तिमीले लिन पठाउन यो असम्भव रहेछ आमा !
आमा मेरो मुटुको व्यथा झन् बल्झियो छतबाट तिमीलाई हेर्दा हेर्दा मेरा आँसुले नदिलाई पनि ओगटिसक्यो सम्झ्न्छु त्यसमा मेरा आँसु पनि कति बगिसकेछ है आमा!
आमा म पहिलो चोटि तिम्रो त्यो घरको बाटो हुँदै तिम्रो बस्ति पुग्दा बाटोभरि तिमी गुलावी रङ्गको साडिमा कति राम्री भर्खरकी जस्ति भएर झ्ल्याक झुलुक बाटोभरी आइरह्यौ दोश्रो पटक त तिमीलाई त्यो बाटोमा देख्छुकी भनेर आँखा ट्याउन्जेलसम्म हेरिरहे अहँ तिमी आउँदै आएनौ मेरा प्रतिक्षा भने मरिरह्यो !
त्यसपछि त मलाई कहिल्यै पनि त्यो बाटो हिँडन मन लागेन मेरा आँसु बगेर हजारौ नदिबने जस्तो मनमा भान आइरह्यो मेरि जुन बनिसकेकी मेरि प्यारी मेरि जन्मदाता अब कहिल्यै पनि फर्कनौ हो !
त्यो बागमतीमा सेलाइएका तिम्रा सरीर त्यो मरुभूमिबाट हो आमा तिमीलाई हेरे र मेरा मन क्षितिजसम्म पुगेर आमा कयौ पटक फर्केको छ मेरा मस्तिष्कभित्र तिम्रो चित्र बनेर!
कति विचित्रको यो संसार हगी आमा हामीहरु ९ सन्तान छोडेर कसरी जान सक्यौ तिमी त्यो निर्दयी भगवानको घरमा ! यो काल्पनिक संसार नियाल्दा मैले भगवानलाई धेरै निर्दयी देखेकी छु आमा हाम्रो माया प्रेम छुटाइदिएकोले तिमी आफै भन त आमा भगवान धेरै स्वार्थी होइन त!
हाम्रो मन यसरी तरल पार्दा ! आमा तिमीले मलाई कति मोहनी लगाएकी कहिल्यै नभुल्न नसक्नेगरि जहिले रुवाउछौ यादमा ! मेरा काल्पनिक बिचार आज कति प्रष्फुटन भएको छ तिम्रो प्रेममा आमा म पागलबनेर आमा अचम्मले त्यो तिम्रो सौम्य मुहार सम्झेर प्यारो प्रेमको भाव तिमी प्रति जागिरहेछ ए आकाशकि जुन मेरि ममतामयी हिमाल जस्ति वात्सल्यकि प्यारी मेरि आमा !
तिमीप्रति जागेको यो मित्रता म कसरी बिर्सन सक्छु र आमा यो मन तिमीसँगै लहरिन पुग्छ यो धरातलभित्र तिमीलाई खोज्दै तिम्रो भावमा पुलकित भइ तिमी यो भित्रीसंसारमा कता लुकेकी छौ ए मेरी मायालु माता मेरा भावनाका भावनात्मक तरङ्गहरुमा म तिमीलाई बर्षाका बादल झै समात्न म दौडधूप गर्दै खोजिरहेछु तिमी फुत्कन नखोज मेरि करुणादायी आमा!
समय समयमा तिमी मलाई विपना मै भेट्नेगर सपनीमामात्र हैन आमा ! तिमीले मलाई आमा आहा कति रमणीय प्रकृतिमा जन्माएकी रहिछौ मेरो प्यारो ओखलढुङ्गामा मेरि आमा तिमीले मेरा मनले बयानगर्न सक्तैन त्यहिँको प्रकृतिले हिजोआज बताइरहेछ करुण आवाजले त्यहाँका वातावरण !
आहा मेरि आमा त्यहाँका पहाड हिमाल धरातल सागर हरिया जंगल सबै मनपर्छ ए मेरि जुन बनेकि आमा तिमीले यो सबै सुनेकी छौ हौली समय समयमा मलाई तन मन दिएर मेरा कल्पनासँग लोटपोट हुँदै आँसुका रोदनमा मलाई मुल्याउँछौ ए
जुन आमा तिमीले फेरि मनुष्यको चोलालिएर मलाई यो तिजमा जहिले पनि डाक्नेगर है ए बुइनी भनेर यो तिम्रो मैले बोल्न जाने देखि मेरा कानले सुनेको आवाज बुइनी छिटै भन्ने छौ र मेरा कानमा गुञ्जनेछ वुइनी!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



