
जति बाँड्यो उत्ति बढ्छ माया
टुक्का: मन
श्रीकृष्ण शर्मा
पोखरा
१
राम्रा कुरा पाए मन भुल्छ हरेक दिन
मायालु पायो भने थाल्छ त्यसै बहकिन ।
२
न त आकारप्रकार हुन्छ न रूप रङ्ग तन
अचम्मको हुँदो रहेछ सजीवहरूको मन ।
३
भन्छन् सबै अति सानो हुने मानिसको मन
जति लघु भए पनि बाँच्छ पीडा सहीकन ।
४
जति माया बाँड्यो उत्ति बढ्दछ यसको महिमा
उन्नतिको रहस्य हो उत्सुक मनकै गरिमा ।
५
मनैले नै बिगार्छ है विवेकशील मानिसको मति
एकैछिनमा ब्रह्माण्डै घुम्छ कसले नाप्न सक्छ गति ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



