किन पुस्तकलाई जीवनको सहयात्री नबनाउने ?

नेपालनाम्चाको लोकपिय स्तम्भ ‘किताब’मा रोशन शेरचन

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो ?
स्कुले दिनवाटै किताबमा रस बस्यो । वि.सं २०३४, २०३५ तिर हो, जब म कक्षा चार, पांचको विद्यार्थी थिए । म संझन्छु, गण्डकी वोर्डिङ स्कुलको पुस्तकालयवाट लिएर प्रकाश कोविद, युधिर थापाका उपन्यासहरु पढेको । त्यस्तै, अनाधिकृत रुपमा स्कुलमा भित्रिने भारतीय उपन्यासहरु सिनियर दाईहरुवाट लिइ पढेको ।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ ?
मेरो सन्दर्भमा, दैनिकीमा ठूलो भिन्नता त्यसले ल्याएको छैन । मात्र पुस्तक पढेको बेला घर वाहिर निस्कने र मित्रहरुसँग भेटघाट गर्ने काम थोरै प्रभावित हुन्छ ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ ? बिहान, दिउँसो कि बेलुका ?
बिहान, दिउँसो र बेलुकी यहि भन्ने छैन । एकपटक पुस्तक पढ्ने निधो गरेपछि मोटामोटी चार, पांच दिन वा हप्तादिन भित्र सक्काउने भन्ने हुन्छ । दिनमा तीन, चार घण्टा छुट्टयाउछु । समय भन्दा पनि घण्टा प्राथमिकतामा पर्छ ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
अनुभूति त पुस्तकको आधारमा भिन्दा भिन्दै हुन्छ । तर जुनसुकै पुस्तक पढिसके पछि एउटा भाव भने आउछ –रुटिन जीवन भन्दा थोरै भए पनि वाहिर निस्कन सके ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि ?
जीव विज्ञान, पर्यावरण, ईतिहास, मनोविज्ञान सम्बन्धि पुस्तक मेरो रुचिमा पर्दछ । महान व्यक्तिहरुको जीवनी पढ्न पनि मन लाग्छ ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ ?
शायद थोरै भए पनि मानव, मानवेतर प्राणी र प्राकृतिक वातावरणप्रति संवेदनशील हुन सके कि !

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल ?
कागजी किताब नै मन पराउछु । तर डिजिटल पुस्तकलाई पनि टाढा राखेको छैन ।

८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ ?
आफ्नो पठनलाई साह्रै नियमित बनाउन त सकेको छैन तर लामो समय पुस्तकसँगको संगत नछुटोस् भनि स्वयमलाई सम्झाईराख्छु । पुस्तकको बानी बसिसकेपछि शायद विधि आवश्यक पर्दैन ।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो ?
मुख्य चुनौती समयको व्यवस्थापन नै हो ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ ?
पुस्तक पढेपछि आख्यान भए त्यसको भावभूमि, विषयवस्तु, घटना, पात्रहरुको प्रवृत्ती र शैली वा गैरआख्यान भए, त्यसमा उल्लेखित धारणा र लेखकको तर्क उपर अरुहरुसँग कुराकानी गर्न धेरै मन लाग्छ । त्यस्तै अरुको धारणा सुन्न पनि ।
११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो ?
पुस्तक भन्दा भरपर्दो साथी अरु छैन । किन पुस्तकलाई जीवनको सहयात्री नबनाउने ?

१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ ?
कम्तिमा पनि तीन कारण बताउछु । प्रथम, पुस्तक भन्दा भरपर्दो साथी अरु छैन । यसले नबोलिकन धेरै कुरा भन्छ, जसले तपाईको जीवन यात्रालाई धेरै अर्थमा सघाउछ । दोश्रो, अरुको जीवन अनुभव, धारणा, तर्क र अन्तरदृष्टि तपाईले पुस्तकवाट प्राप्त गर्न सक्नुहुन्छ । अन्यथा एउटा जुनीले सबै खाले अनुभव, अनुभूति गर्न संभव छैन । तेश्रो, पुस्तकले पाठकलाई प्रगतिशिल, लोकतान्त्रिक, उदार र संवेदनशील बनाउन सघाउछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button