जानु नै थियो र कहाँ ?

विनोद अर्याल

बाटाहरू धेरै छन् यहाँ जानु नै पर्ने थियोे र कहाँ
दिवाकालिन सुनौला सपनाका गन्तव्यहरू पुग्छन् जहाँ
निर्धक्कसाथ आकाशमा पन्छीहरू उडिरहेछन् यहाँ
छिटोछिटो गरि हिडिरहेछु म जानू नै पर्ने थियो र कहाँ ?

खडेरी पछिको झरिले मुनाहरू टुसाइरहेछन् यहाँ
भमराहरू वसन्तका फुलहरूमा घुमिरहेछन् जहाँ
गरिब दुखीहरू आशैआशले बाचिरहेछन् यहाँ
लुकिलुकि हिडिरहेछु म जानू नै पर्ने थियोे र कहाँ ?

पहाड फुट्दै संगित छर्दै छहरा बनी बग्दछ जहाँ
फुटेका धरती फाँजाहरू हरितवृक्ष बनी ढाक्दछ जहाँ
सिरसिर गर्ने सिरसिरेले सुगन्ध बास्ना छर्दछ यहाँ
स्वर्गमा बसिकन म कागज खोस्टो लिइ उडिरहेछु कहाँ ?

आखिर मलाई जानू पर्ने छ नै र कहाँ
रिसैरिस डाहैडाहमा बाँचिरहेछु यहाँ
अहंताले चिनिएको चितामा जलिरहेछु यहाँ
अशक्त भैकन बसिरहेछु म जानू नै पर्ने थियो र कहाँ ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button