‘विश्वासकाे मत’ले उठाएका सार्थक एवम् जीवन्त प्रश्न !

विचार आ-आफ्नो

अरविन्द रिमाल

याे नाटककाे अन्तिम पर्दा यसपटकका लागि यसरी नै गिर्नेछ, खेलकाे समापन हालकाे लागि यसरी नै हुन्छ भन्ने त पहिलेबाटै तय थियाे । तर आज याे लेखकलाई २००८ सालमा डिल्लीबजारकाे नेपाल कल्चरल एशाेसिएशन टीम तथा न्यूराेड टीमबीच सिँहदरबारभित्रकाे र हाल गृह मन्त्रालय रहेकाे, पहिलाकाे फूटबल चाैरमा फूटबल म्याचमा अम्पाएर नै झेल गर्दा उठेकाे विवादकाे सम्झना भइरहेछ । उसलाई तात्कालीन सरकारले यस विवादलाई राजनीतिकरूप दिँदा विद्यार्थी चिनीयाँ काजीकाे हत्या हुन गयाे । त्यसकाे ‘लाभ’ विश्वेश्वरप्रसाद काेइरालालाई सत्ताच्यूत गर्ने भारतीय राजनीतिक याेजनाले उठाउन सफल भएकाे र त्यसबाट नेपालमा सत्ताच्यूतकाे विदेशी राजनीति- कूटनीति – रणनीति आजसम्म चलिरहेकाे किन सम्झना भयाे, त्याे उ जान्दैन ।

तथापि मूल कुरा अम्पायेरले कदापि झेल गर्नु हुँदैन भन्ने हाे ।

अब कुरा यसरी बढाऔं:

  • ‘हामी शत्रु हाेइनाैँ, सहयात्री हाैँ’– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे याे उद्गार द्वेष, विद्वेष, चरित्रहत्याले, अन्तत: राज्यकाे संसदीय प्रजातान्त्रिक व्यवस्था नै विस्थापित गर्ने चालामालाबाट चरितार्थ भइरहेकाे वर्तमान राजनीतिक खेलले सहन गर्ला ? राजनीतिमा ‘pound of flesh’ हसुर्न हिँस्रक भइसकेका Shylockरूपी मीडिया तथा कानून व्यवसायी वा ‘स्वतन्त्र’ नागरिक समाज वा अर्काे कुनै चर्काे ब्याजमा ऋणदिने साहूहरु यत्तिकैमा चित्त बुझाएर बस्लान् ? अनि हाम्राे नाटकमा त कुनै Portia बाट A Daniel has come to judgement भन्ने सम्भावना नै रहेन, ठीक छ, किनभने यहाँ त Portia हुनुपर्ने नै Shylockहरुसँग मिलेर Antonioरुपी मातृभूमिकाे संसदीय प्रजातान्त्रिक राज्यीय व्यस्थाकाे मुटु नै काटेर बाँडन पुगे । त्यसैले भविष्यमा नेकांलाई नै यस्ताे मामला पर्न आए मांसाहारी सहजै साकाहारी हुन्छन् हाेला भन्नेमा नेकां नेतृत्त्व सशङ्कित छ कि छैन ? — याे यक्षप्रश्न सबभन्दा पहिले नै नउठिरहन सक्दैन ।
  • के प्रजातन्त्र बिर्सेर ‘लाेकतन्त्र’ नै भन्न रुचाउने दल, अब त परमादेशबाट सत्तामा आएकाे वर्तमान प्रमुख शासक दल नेपाली कांग्रेसकाे नेतृत्त्व हत्या- हिँसाकाे राजनीतिलाई उचित ठान्ने, आफ्नाे पूर्व कर्मप्रति प्रायश्चित नगरेका तत्त्वहरुसँग मिलेर विकारजनित राजनीतिक साँठगाँठबाट उत्पन्न ‘प्रतिगमनविरुद्ध अग्रगमन’ भनिने खेल खेलेर वा खेलाइएर, आफूले ठहराएकाे सत्ता वा राजनीतिक विकारबाट मुक्ति दिनसक्ला भन्नेमा विश्वस्त छ ?

भाेलि साउन ५ गते ! नेपालकाे पर्चा क्रान्तियज्ञकाे पूर्णाहूति भएकाे २००७ काे सालकाे प्रजातान्त्रिक, हाे प्रजातान्त्रिक नै, क्रान्तिका मूर्धन्य नेता विश्वेश्वरप्रसाद काेइरालाकाे स्मृति दिवसलाई सम्झेर नेकां नेतृत्त्वले त मुटमा हात राखेर भनाेस् !

  • केे राजनीतिक लाभ- हानि साेचेर नै मूलत: नेकपा- एमालेमा अध्यक्ष के. पी. शर्मा ओलीले गरेका साँठगाँठ राजनीतिकाे भयावह भूललाई (हेरे सुने हुन्छ, याे लेखककाे साेही समयतिर ‘सगरमाथा’ टीभी अन्तर्वाता) नेकां नेतृत्त्वले पनि सत्ताप्राप्तिकाे ‘सहज बाटाे’ ठानेर दाेहाेर्‍याउनै पर्ने ?

अनि, यस्ताे विकारजनित जन्मकाे धाईखर्च नेपाल मातृभूमि एवम् राष्ट्रिय संसदीय प्रजातान्त्रिक राजनीतिक व्यवस्थाले निर्दलीयातिर धकेल्ने अभिशाप भाेगेर हाेस् वा फेरि धम्कीकाे भाषाले लगाएकाे ‘माेल’ तिरेर चुक्ता गर्नुपर्ने ?।

  • ‘माओवादी क्रान्तिकाे अवमूल्यन नगर्ने’ चेतावनी र सर्वाेच्चले ‘संविधानलाई मृत्युकाे मुखबाट बचायाे’ भन्ने कुरालाई नेकां नेतृत्त्वले हलुकासँग लिए पुग्ने ठानेकाे छ?
  • के नेकां नेतृत्त्वले संसदीय परिपाटीमा पार्टीको ह्विप अनिवार्य पालन हुन नपर्ने जस्ताे घातक प्रहार के ओली तथा उनकाे दलले मात्र भाेगर टुङ्गिइने ठानेकाे छ ?

बालकृष्ण समका वाक्य ‘देशभक्ति त मर्दैन चुत्थै …’ सम्म सापटी लिँदै थप्नुपर्दा राजनीति भए पनि ।

याे अरण्यराेदन हाेइन, न त एकल क्रन्दन हाे । याे नेपाल भूमिकाे एक सार्वभाैमिक नागरिककाे हूङ्कार हाे । तर याे हाम्राे सुन्दर शान्त विशाल मातृभूमिले गल्तीत्रुटि गर्दै, सम्हालिँदै र लड्दै – पडेदै- घाउचाेट सहँदै हासेल गरेका आफ्नै माैलिक तथापि ऐतिहासिक उपलब्धिहरुलाई ध्वस्त गर्नेगरी विदेशी holy wine काे कुलतमा लागेर, विदेशभँडुवा शक्तिहरुले लेखेकाे, Thiers तथा आततायी Bismarkरूपी पात्रता खाेजीखाृजी दिएकाे र निर्देशन गरेकाे ‘रैथाने’ 18th Brumaire घातक नाटककाे पहिलाे अङ्क मात्र भएकाे चेत दिन खाेजेकाे हाे ।

याे नाटकले विश्वव्यापी ख्याति भएका, महान अमेरिकी साहित्यसर्जक Ernest Hemingway काे अमर ग्रन्थ कालजयी For Whom the Bell Tolls काे पनि सम्झना गरायाे, याे लेखकलाई ।

हाम्राे लागि याे यसरी प्रस्तुत भएकाे छ: For Whom the Bell Tolls? Does it toll for the beginning of the emasculation of our hard- fought- won parliamentary system? Does it toll for the extinction of political party obligatory disciplinary whip in the national legislature — one of the agencies of the same one State-? Does it presuppose or foretell the Supreme Court — one of the agencies of the State itself– appointing a prime minister — the executive head of one of the four agencies of the same State, again and again!

Think, ruminate and rectify this blunder which is nothing but creeping cancer for our state system!

जय नेपाल !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button