
नेपालनाम्चाको काम छ, यसरी बढ्दै गए पाठकमाझ अवश्य ठाम छ
पाठकको माया
पारसमणि घिमिरे
कहिले फिरिङीसँग हातेमालो गर्दै पहाडी र हिमाली बाटो छिचोल्दै हिड्ने अशोक कहिले बनेपा बर्दिबासको नागबेली बाटोमा उनीजस्तै घुमन्तेसँग साइकलमा लहस्सिरहेका हुन्थे भने कहिले भुकम्पले जीर्ण बनेको रसुवा र लाङटाङतिर सद्भावना दुतका रूपमा झुल्किन्थे । कोरोना कहरपछिको भिन्न परिवेशमा तिनै अशोक नेपालनाम्चा डिजिटल पत्रिकाको सम्पादकको रूपमा प्रस्तुत भएका छन् ।
हुन त पत्रकारिता अशोकको पुरानै तमन्ना रहेछ । उनले पहिला पनि विभिन्न पत्रपत्रिकासँग सम्बद्ध भएर काम गरेका रहेछन् । पाठक समक्ष आएको छोटो समयमा नै नेपालनाम्चाले विशेष स्थान बनाएको मैले पाएँ । बालबालिका विशेष, महिला विशेष (फेमिनिज्म), राजनीति, साहित्यलगायत समसामयिक विषयका निस्पक्ष लेखहरुले नेपाली डिजिटल पत्रिकाको भिडमा नेपालनाम्चाले छुट्टै पहिचान बनाएको छ ।
नेपालनाम्चा यसरी नै बढ्दै गए पाठकको मनमा उसलाई अवश्य ठाम छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)