काँग्रेस पर्यटकमात्र हो, अहिलेको लाइन काँग्रेसको होइन

विचार आ-आफ्नो

ओम आचार्य

नेपालको राजनीतिमा देखिएको गणतन्त्र स्थापनापछिका घटनाक्रम (गिरिजाप्रसाद कोइरालाको अवसानपछि) ले वर्तमान नेताहरुमा राजनेता हुने गुण देखिएन । भिडलाई हेर्ने र आफ्नो विचार वनाउने प्रवृति अहिले नेताहरुमा देखिएको छ । यस्ले दुरगामी प्रभाव जे जस्तो छोडोस् वर्तमानमा वाह वाह र मिडियामा छाइरहने प्रवृतिले राजनेता उत्पादन गर्दैन ।

विपी कोइरालाले निर्वासितकालमै राष्ट्रिय मेलमिलापको दर्शन लिएर सम्पुर्ण कांग्रेस र जनभावना विपरित नेपाल प्रवेस गर्नु भयो । आफ्नो निति र दर्शनमा नेतृत्व गरेर जनमत बनाउनु भयो, तत्कालिन समयमा भिडबाट निर्देशित हुनु भएन । जोखिम उठाउनु भयो र भिडलाई नेतृत्व गर्नु भयो । त्यस्तै जनमतसंग्रहमा पनि नतिजालाई स्विकार नगर्न र आन्दोलनमा जान जनसागर देख्दादेख्दै एक्लै त्यो नतिजा स्विकार्नै घोषणा गरेपछि असन्तुस्ट पक्ष आन्दोलन गर्न जुर्मुराएकाहरु एकाएक शान्त भए र विपीकै नेतृत्वमा समाहित भए। उहाँको यस्तै थुप्रै नेतृत्व गर्ने क्षमताले उहाँलाई राजनेतामा स्थापित गर्यो ।

र, यस्तै किसिमको नेतृत्व गर्ने भुमिकामा माओवादीले पनि १० वर्ष सशस्त्र आन्दोलन गर्यो । नेपालमा नयाँ राजनीति दर्शन र सोच लिएर अगाडि बढ्यो । सिंगै मुलुक विपक्षमा जनभावना विपरित १० वर्ष सशस्त्र आन्दोलन गरिरहयो । जोखिम उठाउदै जनमत बनाउँदै गयो । अन्तत नेपालमा नेतृत्व गर्ने हैसियतमा आफुलाइ स्थापित गर्यो ।

यस्तै राप्रपा (कमल थापा) गणतन्त्र स्थापना भएको भोलिपल्टदेखि नै राजासहितको हिन्दु राष्ट्र भन्दै सडकमा देखिए । त्यो समय पनि कमल थापाले उठाएको एजेन्डा जोखिमपुर्ण नै थियो । उनको त्यही जोखिमले उनलाई स्थापित गराउँदै गयो ।

वर्तमानका हाम्रा नेताहरु द्वन्दकालपछिका सबै राजनीति दलका नेताहरु भिडलाई हेर्ने, भिडको विचार लिने, समचारको टिप्पणी समेतलाई आधार बनाएर आफ्नो राजनीतिक विचार व्यक्त गर्ने प्रवृतिका छन् । वर्तमानका यस्ता नेताहरुले नेपाल हाँक्न सक्छन् ? नेतृत्व दिन सक्छन् ? अहिलेका नेता जोखिम उठाउन चाहँदैनन् । जसले जोखिम उठाउँछ, राजनीतिमा त्यसले नेतृत्व गर्छ, त्यसले नेपाल हाँक्छ ।

तपाईंहरु विचार गर्नुस्, विगतका घटनाक्रमतिर फर्कनुस् र वर्तमान हेर्नुस्, जति पनि नेता छन्, सबै भिडवाट परिचालित, संचालित छन् । उनीहरुले अहिलेसम्म आफ्नो कुनै पनि राजनितिक दर्शन, नीति र सिध्दान्त दिएर मुलुकलाई प्रभावित गर्न सकेका छैनन् ।

म यहाँ अरु राजनीतिक दलको कुरा राख्नु भन्दा पनि नेपाली काँग्रेसकै राख्दै छु । नेपालको राजनीतिमा नेपाली कांग्रेस छ, यो कांग्रेस भीरु हुनुपर्छ, कांग्रेसभित्र हिन्दु राष्ट्र इष्ट र राजसंस्थासहितको प्रजातन्त्र अभिष्ट हो । जननेता विपी कोइरालाले यो कुरा पटक पटक स्मरण गराउदै काग्रेसको नीति नै बनाउनु भयो, राजाको गर्धन र मेरो गर्धन जोडिएको छ भन्नु भयो । राजसंस्था रहे नेपाल रहन्छ भन्नु भयो । र, राष्ट्रिय मेलमिलापको दर्शनसँगै निर्वासित जीवन त्यागेर तत्कालिन समयको जोखिम मोलेर नेपाल पस्नु भयो । यो नै काँग्रेसको पहिचान हो । हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र नै काँग्रेसको क्रमशः इष्ट र अभिष्ट हो र यो संस्कार भएकाहरु मात्रै कांग्रेस हुन् । यिनै मात्रै कांग्रेसभीरु हुन्, जो दत्तचित, निष्ष्ठा, मन, आत्मा, प्राण, शरिर, चिन्तन, सोच , इत्यादी सम्पुर्ण रुपबाटट काँग्रेसभीरु भएर समर्पित हुन्छ ।

र, यस्तो विचार बोक्ने मानिस कसैबाट विचलित हुँदैनन् । उनीहरुको मनमा न शंका आउछ न कुशंका नै आउछ, न उसलाई कसैले सम्झाउँदा मान्छ न त उसलाई भट्काउनै सकिन्छ । न त कसैले उसलाई प्रदुषित गर्न नै सक्छ । उसमा जीवन प्रयन्त चलिरहन्छ, चाहे जीवनमा जस्तोसुकै परिस्थिति आओस् ।जीवन एक विराट श्रृंखला हो, जसमा थुप्रै प्रकारको राम्रो नराम्रो घटना घटित भइरहन्छ तर कांग्रेसभीरु यी सबै कठिनाइ, संकट इत्यादीबाटट निस्केर जान्छ ।

हो, यसरी नै विपी बनेका थिए । हो, यसरी नै विपी राजनेता वनेका थिए । हो, यसरी नै विपीलाई आज प्रचण्ड, कमल थापा, केपी ओली सबैले स्मरण गर्छन् ।काँग्रेस चल्छ त काँग्रेसभीरुबाट चल्छ, काँग्रेस चलाउँछन् त मात्रै काँग्रेसभीरुले चलाउँछन्, काँग्रेसभीरुले कहिल्यै पनि कांग्रेसप्रति द्रोह, शंका, विद्रोह एंव विरोध इत्यादी केही गर्दैन ।

हो, अहिले पछिल्लो समय केही वर्षदेखि नेपाली काँग्रेस भिडबाट परिचालित हुँदै गयो । अन्य फरक विचार भएका राजनीतिक दलको एजेन्डामा आफुलाई समाहित गराउँदै गयो र आफ्नो राजनीतिक धर्म दर्शन ओझलमा पर्दै गयो । र, यसरी विचारमा विचलन आएर, वितृष्णा आएर, उच्चाटन आएर काँग्रेसले आफ्नो काँग्रेस नीति छोड्दै संघियता र धर्म निरपेक्षप्रति तृष्णा र मोहनले संघियतामा प्रवेस गरे । यो भिड़बाट आवेशित विचारलाई आफ्नो विचार बनायो । यो भिडकै विचार थियो, नेपाली काँग्रेसको थिएन । अब त तृष्णा वितृष्णामा र मोहन उच्चाटनमा परिवर्तित हुदै गएको कुरा महामन्त्री शशांक कोइराला, स्व. खुमबहादुर खड्का प्रवृतिका नेताहरुबाटट उद्घाटित भएकै हो ।

काँग्रेस पाटी संघियतामा एउटा पर्यटक भएर आयो र केही समय अवलोकन गर्दै पुन साविक ठाउँमा फर्कनु पर्छ, पर्यटन लामो समय हुँदैन । चाहे काँग्रेस संघियतामा जिज्ञासाको लागि आएको होस्, चाहे केही प्राप्त गर्न वा आकर्षित भएर आएको होस् पा केही खोज्न आएको होस्, तर काग्रेसको पर्यटन चाँडै समाप्त हुनुपर्छ । पर्यटक त आखिर पर्यटक हो, कति दिन रहन्छ ।

अहिले नेपालमा भएको पछिल्लो तिव्र धुर्वीकरण नेपाली कांग्रेससहित अन्य राजनीतिक दल, दलका नेताहरु संघियतामा पर्यटक मात्रै हुन् र अब यो पर्यटन समाप्त गर्नु पर्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button